सांस्कृतिक जागरणमा पोखरेली पद्मराजको चौथो एकल साङ्गीतिक कार्यक्रम सफल बनाउन जुटेका पोखरेली वाङ्मयिक संस्थाहरुको भेला। तस्वीर : आदर्श समाज
पोखरा २५, वैशाख। लोकगायक पद्मराज ढकालको चौथो एकल सा·तीक कार्यक्रम सफल बनाउन पोखरेली वाङ्मयिक संस्थाहरु एकजुट भएका छन्।
पोखरामा बुधबार आयोजित कार्यक्रममा पोखराका स्थानीय संस्थाहरुले ऐक्यबद्धता जनाएका हुन्।
यसैगरी ऐक्यबद्धता जनाउनेमा सप्तरङ्गीसांस्कृतिक प्रतिष्ठान पोखरा, प्रगतिशिल लेखक संघ, गण्डकी साहित्य संगम, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जोजिजू म्यूजिक सेन्टर, साहित्य श्रृंखला पोखरा, स्वतन्त्र पत्रकार संघ नेपाललगायतका संस्थाहरु रहेका छन्। त्यस अवसरमा सप्तरङ्गी साहित्य प्रतिष्ठानका नवराज बराल, पशुपति गुप्ता, पिङ्गला भट्ट, लक्ष्मी गिरी, सुकु हिराचन, अभिमन्यु विक्रम राणा, प्रगतिशील लेखक संघ कास्कीका अध्यक्ष नारायण मरासिनी, छवि सुवेदी, लक्ष्मण गौतम हिमाली, जोजिजू म्यूजिक सेन्टरका विनित जोजिजू, साप्ताहिक श्रृंखलाका लोकनाथ पुडासैनी, स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतले कार्यक्रममा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको संयोजन जनसांस्कृतिक महासंघ नेपाल गण्डकी इन्चार्ज मनकुमार श्रेष्ठले गरेका थिए।
सांस्कृतिक जाँगरणमा पोखरेली पद्मराज चौथो एकल सांगीतिक कार्यक्रम यहि २०७६ जेठ १८ गते शनिबार राष्ट्रिय नाच घर काठमाण्डौमा आयोजना हुनेछ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९