रेडक्रस दिवसमा घाइतेको सहयोग

एजेन्सी
वैशाख २६, २०७६

पोखरा, २५ वैशाख। थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलले विश्व रेडक्रस दिवस बुधबार विविध कार्यक्रम गरी मनाएको छ।

मोटरसाइकल दुर्घटनामा घाइते शिवालय माविका पूर्व विद्यार्थी चन्द्र विकको उपचारका लागि सर्कलले सो अवसरमा आर्थिक सहयोग गरेको छ।

शिक्षक, विद्यार्थी र रेडक्रसका सदस्यबाट सङ्कलित नगद ६ हजार ९ सय २० रुपैयाँ हाल मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका चन्द्रका हजुरबुबा दुर्गाबहादुर विकलाई सर्कलका शिक्षक नायक जयराम सुवेदीले हस्तान्तरण गरे।

यसैबीच, युवा रेडक्रस सर्कल शिवालयको कार्यसमिति सरोज सुवेदीको अध्यक्षतामा पुनर्गठन गरिएको छ। समितिको उपाध्यक्षमा रेनुका ओझा, सचिवमा प्रताप विक, कोषाध्यक्षमा अङ्किता तिमल्सेना र सहसचिवमा आशिष सुवेदी चयन भएका छन्।

सर्कलका सदस्यहरुमा समीक्षा राना मगर, विदुर अधिकारी, विपिन ओझा, आरती सुर्खाली र साधना ओझा रहेका छन्।

सर्कलका संरक्षक तथा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक जयराम सुवेदीले रेडक्रसको महत्वमाथि प्रकाश पारेका थिए। विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी थुम्की उपशाखाका सदस्य ऋषिराम ओझाले रेडक्रसले अङ्गिकार गरेको सिद्धान्तबाट विद्यार्थीमा सेवाको भावना जाग्ने धारणा राखे।

Related News

सम्बन्धित समाचार

  • गोरखा गठबन्धनमा गन्जागोल

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । २०७४ को संसदीय निर्वाचनमा गठबन्धनकै कारण गोरखाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन पाएन । कमजोर क्षेत्र १ मा…
  • सूचनाको हकसम्बन्धी विधेयक पारित

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक पारित भएको छ । बिहीबार प्रदेशसभा बैठकले बहुमतले सो…
  • मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र

    प्रकाश ढकाल श्रावण २७, २०७९
    पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा अझै राजसंस्था जीवित छ । प्रशासनिक काम नगरे पनि चाडपर्व र विशेष बेलामा पूर्व…
  • प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको नवनिर्वाचित प्रशासनिक भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव…
  • विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालन हुने दाबी गरेका छन् ।…

hero news full width