स्याङ्जा, २५ बैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताएका छन् ।
नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला कार्य समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको बुधवार पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा शुभारम्भ गर्दै उहाले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य नहुने बताएका हुन ।
पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउदै केन्द्रीय सदस्य भट्टराइले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख गरिनु लज्जास्पद भएको बताउँदै उहाले जागरण अभियान मार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिए । जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस भएको उल्लेख गर्दै उनले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएकोमा जोड दिए ।
कार्यक्रममा पूर्व सांसद एवं पूर्व सभापति खगेन्द्रराज रेग्मी, महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, कांग्रेसका कोषाध्यक्ष प्रेमराज पौडेल लगायतले एक महिने जागरण अभियानलाई वडादेखि गाउपालिका स्तरसम्म संचालन गरिने र सबैले सहयोगगरी सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन् ।
जनताका अधिकार जनता सक्षम पुरयाउन काङ्ग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन पनि यस्ता अभियानले सहयोगीको भूमिका निर्वाह गर्नेमा उनीहरुको जोड छ । नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रवहादुर गोदारले गरेका थिए ।
बुधवारदेखिजारी पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर संचालन गरिने नेपाली काङ्ग्रेसले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१