लेखनाथ, २४ वैशाख। ताल संरक्षणसँगसँगै धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने गरी कास्कीको मैदी तालबीच भागमा कामरुप कामाक्ष बराह मन्दिर निर्माण गरिने भएको छ।
प्राकृतिक र मानवीय अतिक्रमण चपेटामा परेको मैदीमा हाल स्थानीयको पहलमा तालको सिमाङ्कन सहित तालको मध्यभागमा ऐतिहासिक बराह क्षेत्रमा शिलामात्र रहेकाले सो ब्यवस्थित गरेर बराह मन्दिर निर्माण गर्न लागिएको हो।
मन्दिरको मंगलवार शिलान्यास गर्दै गण्डकी प्रदेशका वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले नेपालको सम्पत्ति भनेकै यहाँका प्राकृतिक सम्पदा र हाम्रो मौलिक संस्कृति भएकाले संरक्षण गर्नु सबैको कत्र्तब्य भएको धारणा राखेका थिए।
विदेशीहरु मौलिक संस्कृतिमा रम्दै दृश्यावलोकन गर्न आउने भएकाले यहाँ रहेका प्राकृतिक सम्पदाको संरक्षणमा मन्त्री लम्सालले जोड दिए।
मैदी ताल क्षेत्र संरक्षण तथा विकास समिति अध्यक्ष भरतराज न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा २८ का वडाध्यक्ष निर्मल दीयाली, संरक्षण विकास फाउण्डेसनका जुद्धबहादुर गुरुङ र ठूलाकोट विकास समितिका अध्यक्ष ऋषिराम त्रिपाठीले तालको उचित रुपमा संरक्षण गरी यसको माध्यमबाट आयआर्जनका बाटा पहिल्याउनु पर्ने सुझाव राखेका थिए।
संस्थाका उपाध्यक्ष रामकृष्ण त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव उपेन्द्रराज पौडेलले गरेका थिए। धन्यवाद ज्ञापन मैदी पाखो सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष भोलानाथ त्रिपाठीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०