पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विकास निर्माणका योजना समयमै सक्न सरकारले अनुगमन गर्ने र काममा ढिलाइ गर्ने व्यवसायीलाई कालोसूचीमा राख्ने बताएका छन्।
पोखराको हल्लनचोक घाँटीछिना सडक खण्ड अन्तर्गत पोखरा–२४ र २३ जोड्ने गरी खहरेखोलामाथि बन्ने पक्की पुल सोमबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्।
उनले यसअघि बनेको सरकारले खहरे खोला संरक्षण गर्न कुनै सरकारले पहल नगरेको र त्यसलाई पूरा गर्न प्रदेश सरकार आएको बताए।
उनले भने, “गाउँका जनताको जीवनस्तर सुर्धान सरकारले नमूना फार्म, तीन सय होमस्टे, मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम ल्याएको छ, विकासको प्रतिफल सबैले पाउनुपर्दछ भन्नेमा सरकार छ। जाँगर, सीप र पौरख चलाउने हातलाई साथ दिन्छौँ। ”
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्नका लागि नै संघीयता ल्याएको बताउँदै गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने अठोटका साथ प्रदेश सरकारले काम गरिरहेको बताए।
सो अवसरमा गण्डकी प्रदेश सदस्य राजीव पहारी, रामजी बराल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी, पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुली, पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी लगायतले पुल निर्माणपछि स्थानीय र विदेशी पर्यटकलाई समेत टेवा पुग्ने बताए। प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा निलगिरी कन्स्ट्रक्सनले पाएको छ।
कुल ९०.७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ। पुल ९ मिटर फराकिलो हुने छ। कास्की, पर्वत र स्याङ्जा संगमस्थलमा अवस्थित धार्मिक पर्यटनको क्षेत्र पञ्चासे पुग्ने सडकमा पक्की पुल बन्ने लागेको हो। खहरेखोलामा पुल नहुँदा वडा २३ का ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिक वर्षायाममा यातायात सुविधाबाट वञ्चित हुँदै आएका थिए।
पर्यटकीय गन्तव्यका रुपमा विकास भएको पञ्चासेसम्म पोखराबाट पुग्ने प्रमुख सो सडकको खहरेखोलामा पुल नहुँदा पर्यटकलाई गन्तव्यमा पुग्न लुम्लेबाट लामो र घुमाउँरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा निर्माण पछि वर्षायाममा समेत सहज हुनेछ।
Related News
सम्बन्धित समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
कालीगण्डकी दोहन रोक्न साझा पहल
गोरखा गठबन्धनमा गन्जागोल
सूचनाको हकसम्बन्धी विधेयक पारित
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९