पोखरा महानगरको लेखनाथ क्षेत्रमा सिसी क्यामेरा राखिने

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७६
IMG_20190506_083137 (1)

लेखनाथ, २३ वैसाख । पोखरा महानगरपालिका वडा नं २६, २७, २९,३०, ३१ र ३२ का वडाहरुमा ३१ वटा सिसी क्यामेरा राखिने भएको छ ।

पोखरा महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सोमवार लेखनाथमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

पोखरालाई स्मार्ट सिटीका रुपमा विकास, चोरी तथा अपराध नियन्त्रणका लागि सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताए ।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख ओमवहादुर रानामगरले सुरक्षा नगरका लागि अक्सिजन जस्तै अपरिहार्य भएको बताउँदै सिसी क्यामेरा जडानले आपराधिक मानसिकता कमजोर बन्दै यसको न्यूनिकरणमा सहयोग पुग्ने विचार व्यक्त गर्दै सिसी क्यामेरा जडानको अभियान सकारात्मक भएको उल्लेख गर्दै उनले यसलाई नतिजामुखी बनाउन सुझाव दिए । साथै ‘सीसीटीभी क्यामरा जडान भएकोले आपराधिक गातिविधि सजिलै रोकथाम गर्न सजिलो हुने उनको भनाई छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न सिसी क्यामेराको जडान आवश्यक भएको बताए । सरोकार भएका निकायबीच सहकार्य गर्दै यस अभियानलाई साकार पार्दै लागिने बताउँदै उनले यसका प्राविधिक पक्षबारे बृहत् छलफल गरी अघि बढिने बताए ।

सिसी क्यामरा जडान समितिका संयोजक मोति गिरीले प्रारम्भिक रुपमा वडा नंं २६ विजयपुर देखि कोत्रे सम्म र तालचोक देखि वेगनास ताल, पोखरा विश्व विद्यालय, अर्र्धौचोक देखि रिठ्ठेपानी तल्लो गगनगौडा देखि राजाको चौतारा र हाइवे क्षेत्र भित्र करिव ३१ ओटा सिसी क्यामेरा जडान गर्ने सोच राखिएको र यसका लागि लगभग रु ३३ लाख लागत लाग्ने अनुमान गरिएको छफफल कार्यक्रममा जानकारी दिइएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा संघ संस्थासंग हातेमालो गर्दै यस क्षेत्रमा सुरक्षा प्रमुख चुनौती भएको बताउँदै सिसी क्यामेरा जडानसँगै यसलाई कसरी दिगो व्यवस्थापन गर्नेतर्फ बेलैमा सोच्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

सीसी टिभी क्यामरा जडान गरिएका क्षेत्रका दृष्यहरु जिल्ला प्रहरी कार्यालयको कोठाभित्र बसेर अवलोकन गर्न सकिने र अपराधिक कृयाकलाप नियन्त्रण गर्न सकिने छ ।

Related News

सम्बन्धित समाचार

  • ‘मौलिक’ संघीयतामा केन्द्रको तगारो

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    नेपालका राजनीतिक दलहरूले बारम्बार दोहोर्‍याउने वाक्य हो, ‘नेपालको संघीयता मौलिकखालको छ ।’ छिमेकी भारतदेखि अमेरिका वा अन्य मुलुकको जस्तो होइन…
  • गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । गण्डकीको नीति तथा योजना आयोगले आगामी वर्षको बजेट ३६ अर्ब प्रक्षेपण गरेको छ । आयोगले मध्यमकालीन खर्च संरचना…
  • गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते

    विजय नेपाल जेठ १४, २०८०
    पोखरा । यस वर्षको बर्खा सुरु हुन लागिसकेको छ । बर्खा सुरु हुन लाग्दा मौषमजन्य घटनाको जोखिम पनि उत्तिकै हुने…
  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…

hero news full width