पोखरा, २२ बैशाख । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संङघले पदयात्रा पर्यटनलाई लक्षित गरि एक लाख ७० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
संङघले पर्यटकीय स्थल विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडन लेक पुग्ने पदयात्रामार्गको विकासका लागि एक लाख ५० हजार रुपैया सहयोग गरेको हो ।त्यस्तै उक्त पदमार्ग क्षेत्रको सरसफाईलाई लक्षित गरि विरेठाँटी आमा समुह र विरेठाँटी युवा क्लवलाई १०। १० हजार रुपैयाँ सहयोग गरियो ।
विरेठाँटीमा आइतवार आयोजित एक समारोहका बीच संघका अध्यक्ष हरि भुजेलले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भुजेलले पदयात्रा पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउँदै यसको विकास र संरक्षणका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।
जथाभावि बाटो खन्ने नाममा पदमार्गहरु मासिदै गएको बास्ताविकतामा यिनीहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिंदै उनले बैकल्पिक पदमार्गको विकासलाई पनि संगसंगै लैजानुपर्ने धारणा राखे ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले रमणीय दृष्यावलोकन सहित पदयात्रा गर्न पाउँनु पर्यटकका लागि महत्वपूर्ण पक्ष भएको बताउँदै पदयात्राका साथै खाने बस्ने ठाउँ र सुरक्षाको प्रत्याभूति आवश्यक भएको उल्लेख गरे ।
सञ्चालित पदमार्गको संरक्षण र विकासका साथै बैकल्पिक पदमार्गको खोजि एवम् प्रवद्र्धन कार्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनले बताए ।कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ८ अध्यक्ष विजय गुरुङ, पदयात्रा निर्माण समितिका अध्यक्ष रामप्रसाद ढुङ्गाना, विरेठाँटी आमा समूहका अध्यक्ष विष्णुमाया गुरुङ, विरेठाँटी युवा क्लवका अध्यक्ष चन्द्रमान गुरुङ, संघका सचिव जीवन सापकोटा लगायतले पदयात्रा पर्यटनलाई व्यवस्थि तगर्न सके यसले स्थानीय जनस्तर अघि बढाउने धारणा राखे ।
Related News
सम्बन्धित समाचार
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०