पोखराबाट नेपाली साहित्यको अन्तराष्ट्रियकरण अभियान

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७६
literature_Fotor

पोखरा, २१ वैशाख। नेपाली साहित्यलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने र विश्वव्यापीकरण गर्न नेपालबाटै अभियान शुरु भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले पोखरामा यसकै लागि तीनदिने पोखरा साहित्य सम्मेलन अन्तर्गत शनिबार विचार गोष्ठी राख्यो।

विचार गोष्ठीका वक्ताले अंग्रेजी भाषामा नेपाली रचना अनुवाद गर्नुपर्ने र विश्वबजारमा पठाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी कथा विभाग प्रमुख माया ठकुरीले नेपाली कृतिहरुले पनि विश्वसाहित्यमै प्रतिष्पर्धा गर्न सक्ने गरी पछिल्लो समय साहित्य लेखन र प्रकाशनको साधना झन्–झन् राम्रो हुँदै गएको बताइन्। साथै, विगतमा आख्यान लेखनमा रुचि कम

देखिएको स्मरण गर्दै प्रतिष्ठानले प्रकाशन गर्ने समकालीन पत्रिकाका लागि रचना पठाउनसमेत आग्रह गरिन्। साथै, नेपाली कृतिहरु अनुवाद नभएका कारण अन्तराष्ट्रिय जगत्मा पहिचान बनाउन नसकेको उनको भनाइ छ।

प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्राडा उषा ठाकुर नेपाली साहित्य गुणस्तरीय भए पनि प्रचार नभएका कारण परिचित हुन नसकेको बताउँछिन्। ठाकुरले सुन्दर नगरी पोखराबाट अनेसास र प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली साहित्यलाई अन्तराष्ट्रियकरणको अभियान शुरु गर्न पाउँदा हर्षानुभूति भएको बताइन्।

कार्यक्रममा नेपाली आख्यान साहित्यमा अनुदित कृतिहरु विषयक विचार गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा नवराज न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए।

विचार गोष्ठीमा प्राडा यामबहादुर पौडेल क्षत्री, भाषाविद् मुकुन्दशरण उपाध्याय, अनेसास का निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, अनेसास नेपाल च्याप्टर महासचिव सन्ध्या पहाडी, अनेसास वेलायत च्याप्टर अध्यक्ष सुमलकुमार गुरुङ, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, साहित्यकार गोविन्द गिरी प्रेरणा, डा. रेणुका सोलु, ज्ञानु अधिकारी, गीता मैनाली, गीता कार्कीलगायतले विभिन्न टिप्पणी गरेका थिए।

अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले निकट भविष्यमै समाजले २० जना कथाकारका कथाहरु अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्ने तयारी पनि गरिरहेको बताए। साथै, उनले हाल कथा छनौटको काम चलिरहेको जानकारी दिए।

‘उत्कृष्ट कृतिको पहिचान र त्यसलाई बजारीकरण गर्ने हो। पुस्तक प्रकाशन गरेरमात्रै हुँदैन विश्व बजारमा पठाउनुपर्छ, ’ उनले भने, ‘हामी त्यसकै तयारीमा छौं। कथा पहिचान गरिरहेका छौं। ’

उनले अन्य मुलुकका लेखकहरुसँग पनि यस विषयमा अन्तक्र्रिया गर्नुपर्ने बताएका छन्।

अंग्रेजी अनुवादवारे कार्यपत्र तथा टिप्पणी, कवि गोष्ठी र सांस्कृतिक प्रस्तुति गरी छुट्टाछुट्टै सत्रमा सम्पन्न भएको थियो।

कार्यक्रमको अर्को सत्र कवि गोष्ठीमा साहित्यकारहरू सुमन वर्षा, जलेश्वरी श्रेष्ठ, उपमा आचार्य, सरु सुवेदी, सुशीला खड्का, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, पुष्पा खनाल, पवित्रा अधिकारी, अर्जुन थापा, गीता रेग्मी, राजेन्द्र केसी, सूर्य खड्का बिखर्ची, पद्यराज ढकाल, प्रभा बराल, सरस्वती श्रेष्ठ सरु, रमा पराशर, घायलश्री, वसन्त चालिसे, गीता तिवारी गौतम, मदन मल्ल छाया, सरु दाहाल अधिकारी, नरेन्द्र रानाभाट, डिल्लीराम कार्कीलगायतले कविता वाचन गरेका थिए। साथै, कार्यक्रममा मेनका लामाले कत्थक नृत्यसमेत प्रस्तुत गरेकी थिइन्।

गोष्ठीमा विश्वका विभिन्न देशमा रहेका अनेसासका च्याप्टर अध्यक्ष एवम् प्रतिनिधि, प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य र सभासद, प्रज्ञा प्रतिष्ठानअन्तर्गत गद्य तथा आख्यान विभाग र अनुवाद विभागका विभागीय प्रमुखसहितका पदाधिकारी र काठमाडौंबाट आएका अग्रजसहित पोखरेली अग्रज, समकालीन र अनुज स्रष्टा साधकको उपस्थिति थियो।

अनेसास महासचिव सन्ध्या पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेसास नेपालका सदस्य पुष्पा खनाल र अनेसास गण्डकीका सचिव असफल गौतमले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width