पोखरा, २१ वैशाख। मापदण्डविपरीत संरचना बनाउने क्रम बढेपछि पोखरा महानगरपालिकाले बेगनास ताल वरपर बनेका अवैध संरचना हटाउने भएको छ।
महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले शनिवार अनुगमन गरेर तत्काल मापदण्डविपरीतका संरचना हटाउने निर्णय गरेको हो।
‘मापदण्डको सरोकार हामीलाई छैन। महानगरभित्र संरचना बनाउँदा कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्छ, ’ मेयर मानबहादुर जिसीले भने, ‘न स्वीकृति छ। न मापदण्ड टेरेको छ। यसरी मनपरी गर्न पाइँदैन। ’
अनुमतिबिना संरचना बनाउनेलाई तत्काल वडा कार्यालयमा सम्पर्क गर्न निदेर्शन दिइएको उनले सुनाए। ‘वडा कार्यालयमा सम्पर्क गर्नू भनेका छौं। भोलि पत्र पठाएर औपचारिक जानकारी गराउँला, ’ उनले थपे, ‘तुरुन्त काम रोक्न सचेत गराइसक्यौं। नरोके प्रहरी लगाएर उठाउने हो। ’ उनका अनुसार ताल किनारमा बनेका कुनै पनि संरचनाको नक्सापास भएको छैन।
मेयर जिसीले तालको मापदण्ड नै हेरफेर गर्नुपर्ने तर्क राख्छन्। ‘प्रदेश सरकार र संघीय सरकारले क्षतिपूर्ति दिए सय मिटर पनि कार्यान्वयन गर्न सकिन्छ। नभए सबै जग्गा अधिग्रहण गर्ने पैसा महानगरसँग छैन, ’ उनी भन्छन्, ‘मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउनुपर्छ। तालको स्वरुप पनि नबिग्रिने र स्थानीयलाई पनि मर्का नपर्ने खालको मापदण्ड तयार गर्नुपर्छ। ’ उनले अवैध संरचना रोक्न महानगर निर्मम भएर लाग्ने चेतावनी दिएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पनि अधिकांश संरचना सार्वजनिक जग्गाभित्रै रहेको बताए। ‘धेरै टहराहरु सार्वजनिक ठाउँमा छन्। आफ्नै जग्गामा पनि अनुमति नलिई बनाएका छन्, ’ उनले भने, ‘सार्वजनिक भए तुरुन्त हटाउने हो। निजी भए पनि स्वीकृति छैन भने तत्कालै हट्छ। निर्माण कार्य भोलिदेखि नै रोकिन्छ। ’ उनका अनुसार सबैजसो संरचना अस्थायी खालको छ। ‘स्थायी संरचना कसैले पनि बनाएको छैन। सबै अस्थायी हो। आवास प्रकृतिको पनि हैन, ’ पौडेल भन्छन्, ‘अहिले नै नहटाए फेवाताल जस्तै अव्यवस्थित हुन्छ। सचेत हुनैपर्छ। ’
वडाध्यक्ष कमलबहादुर बस्नेतले किनारमै जोडिएका घरटहरा केही दिनभित्रै हटाउनुपर्ने बताए। ‘ताललाई आँगन र पिँढी बनाउने टहरा भत्काउन मापदण्ड कुर्नुपदैर्न। तालको बाँध बनाउँदा मुआब्जा बुझेकाहरुले पनि घर बनाएर बसिरहेका छन्, ’ उनी भन्छन्, ‘यो अहिले नै हटाउने हो। अरु चाहीँ डिमाकेर्सन गरेर उपयुक्त मापदण्ड तोक्नुपर्छ। अनावश्यक मापदण्ड लगाएर उठिबास लगाउन पनि मिल्दैन। ’ उनका अनुसार एक दर्जन जति घर टहराहरु तत्कालै हटाउनुपर्ने अवस्थाका छन्।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०