पोखरा, २१ बैशाख । पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ ।
शनिबार पोखरामा सम्पन्न कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
पोखरा रंगशालास्थित आर्चरीको खेल मैदानलाई व्यवस्थित गर्न यसअघि राष्ट्रिय खेलकुद परिषदले ५० लाख खर्च गरिसकेको छ । मैदान संरक्षणका लागि ३० लाख खर्च गरेर तार जालीसमेत लगाइएको छ । आर्चरी खेल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन चेञ्जिङ रुम र शौचालयका लागि थप १० लाख विनियोजन गरेको छ । तर, यो खर्च पनि आधुनिक आर्चरी खेल मैदानका लागि थप ७५ लाख खर्च हुने संघले जनाएको छ । यसका लागि परिषदसँग माग गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।
१० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै राखेप बोर्ड सदस्य राजेश गुरुङले आर्चरीले देश चिनाउन आर्चरीले अहम भूमिका खेलेको बताए । उनले भने, ‘आर्चरी हाम्रो देशको पराम्परागत खेल भएपनि अब यस खेलले देश चिनाउने माध्यम बनेको छ । हामी सबैले आर्चरीको खेल र खेलाडीहरुलाई माथि उठाउने काम गर्नुपर्छ ।’
गुरुङले नयाँ खेलाडी उत्पादनमा जोड दिनुपर्ने वताए । उनले विद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षणको व्यवस्था गर्न आर्चरी संघलाई आग्रहसमेत गरे ।
‘पोखरा रंगशालालाई वातावरणमैत्री बनाउन हरियाली बढाउन आफूले सक्दो पहल गर्नेछु,’ गुरुङले भने, ‘खेलाडीले अवेरसम्म प्रशिक्षण गर्न पाउन भनेर पोखरा महानगरको सहयोगमा मैदानभित्र सोलारबत्तिको समेत व्यवस्थासमेत गरिनेछ । ’
गुरुङले पोखरामा आयोजना हुने आर्चरीका गतिविधिका लागि आफ्नो व्यक्तिगत तर्फबाट १ लाख सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा आठौं राष्ट्रिय खेलकुदमा आर्चरी अन्तरगत पदक बिजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल आचरी संघका उपाध्यक्ष बसन्त थकाली, संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना दिए ।
साधारणसभामा सचिब देव पुन र अन्नपूर्ण आर्चरी क्लबका सचिब सञ्जीवमान तुलाचनले दुई छुट्टा–छुट्टै वार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कास्की जिल्ला आर्चरी संघ तथा अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले क्लबमा अक्षयकोष स्थापनाका लागि १ लाख नगद दिने घोषणा गरेका छन् । त्यसैगरि, कार्यसमिति सदस्य चित्रा रोक्कामगर ८ हजार बराबरको १० थान कुर्ची र जुम भट्टचनले ५ हजार बराबरको एक थान टेबुल प्रदान गरेका छन् ।
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेश बाट सहभागि खेलाडीले ५ स्वर्ण, ४ रजत र ३ काश्य पदक जितेका थिए । गण्डकी प्रदेश टिम च्याम्यिन भएपनि परिषदले आर्चरी तर्फको मेडलको भने गणना गरेको छैन ।
Related News
सम्बन्धित समाचार
पोखरामा हाफ म्याराथन हुने
प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु
टेबलटेनिस खेलाडीको छनोट
अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु
गण्डकी कबड्डी संघमा पवन
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०