पोखरा, २१ वैशाख । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका– ५ सिङ्दी स्थित हिमालय माध्यामिक विद्यालयको ५९ औँ वार्षिकोत्वस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको ५९ औँ वार्षिकोत्सवका प्रमुख अतिथि तथा क्व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेम बहादुर घलेले आउँने आर्थिक वर्षमा विद्यालयमा थप शिक्षक आवश्यक भएको बताएका छन् ।
लमजुङ, क्व्होलासोथार वडा नं. ५ र ६ पसगाउँ तथा सिङ्दी का हालः युकेमा कार्यरत् चेलीबेटीहरुले गरिब तथा जेहन्दार विद्यार्थी, २०७५ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउँने विद्यार्थीलाई २८ हजार नगद छात्रबृद्धि प्रदानगरेका थिए । पसँगाउ ठाँटी माविमा पनि २८ हजार नगद छात्रबृद्धि प्रदान गरेका थिए ।
अतिथि समाजसेवी टंकप्रसाद गुरुङले विद्यालयलाई बालमैत्री बनाउँनेपर्नेमा जोड दिए। ६ घण्टा विद्यालयमा १८ घण्टा घरमा आफ्ना अभिभावकसँग विद्यार्थीहरुले समय विताउँने भएका कारण विद्यार्थीहरुको पढाइ तथा लेखाइमा अभिभावकहरुको महत्पूर्ण जिम्मेवारी रहने बताउँदै विद्यालयको वार्षिकोत्सवमा पनि अभिभावकहरुको न्यून उपस्थितिका कारण दुःख लागेको बताए ।
विशेष अतिथि पाहार ट्रस्ट पोखराका अध्यक्ष चन्द्र बहादर गुरुङ विद्यालय निर्माणमा ट्रस्ट महत्वपूर्ण भूमिका रहेको बताउँदै विद्यार्थी शैक्षिक गुणस्तर सुधारको लािग सदैव सहकार्यमा रहने बताए ।
सिङ्दी वडा नं. ५ का अध्यक्ष गीतबहादुर गुरुङले शिक्षाका लागि वडा उपलब्ध हुने सबै सेवा सुविधा उपलब्ध गराईने बताउँदै शिक्षाको गुणस्तरीयमा ध्यान दिन सबैलाई आग्रह गरे ।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहदुर गुरुङ विद्यालयको प्रगति विवरणका लागि आफू सधैव सजग रहेको बताउँदै शिक्षाको गुणस्तरीयता बृद्धि गराउँन आफूले निरन्तर प्रयास गर्ने बताए ।
विद्यालयका प्रधानाध्यपक सुभराज खनालले विद्यालयलाई सहज बनाउँन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गरे । हाल विद्यालयमा २ सय ७० जना विद्यार्थी अध्ययरत् छन् भने यसै वर्ष विद्यालयबाट एसईई परिक्षामा १८ जनाको सहभागिता रहेको छ ।
Related News
सम्बन्धित समाचार
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
hero news full width
मुख्य समाचार
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०