बागलुङ, २० वैशाख । धौलागिरि अञचलकै सबैभन्दा पुरानो सामुदायिक बिद्यामन्दिर माध्यमिक बिद्यालयको नयाँ भवन सम्पन्न भएको छ ।
वि.स.१९९७ सालमा शिक्षा सेवी ओमप्रसाद गौचन र मेघ कुमार बैद्यले स्थापना गरेको उक्त बिद्यालय वि.स.२०७२ सालको भूकम्पले भत्केको थियो । नवनिर्मित उक्त विद्यालयको २६ कोठे पक्की भवनको वैशाख २५ गते पूर्व प्रधान न्यायधीश कल्याण श्रेष्ठले उद्घाटन गर्ने बताइएको छ ।
सरकारी अनुदान र स्थानीयबाट सहयोग संकलन गरी कुल पाँच करोड रुपैयाँको लागतमा उक्त विद्यालय भवन निर्माण सम्पन्न गरिएको हो ।
एक हजार दुई सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय गण्डकी प्रदेशकै सबैभन्दा पुरानो रहेको दावी गरिएको छ । उत्तः विद्यालयलाई नमूना बिद्यालयको रुपमा विकास गर्ने उद्देश्य रहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।
विद्यालयका प्रधानध्यापक जगन्नाथ आचार्यका अनुसार वि.स. २०६१ सालमा अञ्चलमै पहिलो बिज्ञान संकायको अध्यापन शुरु गरेको उक्त विद्यालयमा हाल शिक्षा, मानवीकी, व्यवस्थापन, एजुकेशन र विज्ञान संकायको अध्यापन गराइन्छ । उक्त अवसरमा भवन निर्माण समितिका सदस्य देवबहादुर श्रेष्ठले बिद्यालयको नयाँ भवन निर्माण सम्पन्न गर्न भूपू बिद्यार्थी सहयोग उल्लेखनीय रहेको बताए ।
विद्यालय भवन निर्माणको बारेमा जानकारी दिने उदेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०