गण्डकी प्रदेश प्रमुखद्धारा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयक प्रमाणिकरण

एजेन्सी
वैशाख १९, २०७६
Babu Ram Kunwar

पोखरा, १९ वैशाख । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले विहीबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको बैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुख कुँवरले विहिबार नै पाँच/पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक/एक प्रति जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • मेयर उम्मेदवार जोशीमाथि आक्रमण

      आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७९
      पोखरा, ३० वैशाख । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट गरिएको छ । शुक्रबार स्थानीय तह निर्वाचनमा मतदानस्थल…
    • प्रशासनको सेवा ४ दिन स्थगित

      रासस वैशाख २६, २०७९
      पर्वत । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ ।…
    • शिक्षकलाई कम्प्युटर तालिम

      आदर्श समाज सम्वाददाता वैशाख २६, २०७९
      हेमजा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा पालिकाभरिका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि १० दिने कम्प्युटर तालिम सम्पन्न भएको छ । कम्प्युटरमा…
    • पानी परे पनि रोकिएन घरदैलो

      रासस वैशाख २३, २०७९
      गण्डकी । निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् ।भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका…
    • गण्डकीको आगामी बजेट : आयात रोक्ने, रोजगारी बढाउने

      आदर्श समाज सम्वाददाता वैशाख २३, २०७९
      पोखरा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरुसहित विज्ञसँग…

    hero news full width