पोखरा,१९ वैशाख । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पको गण्डकी तथा धवलागिरि आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रा. लि. ले पोखरामा आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
हालको सर्भिस सेन्टरको क्षमता बृद्धि गरेर करीब तीन करोड ५० लाख लगानीमा स्पेयर पार्टस् सहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
पोखरा–९ नयाँबजारमा रहेको सो सर्भिस सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले बिहीवार एक कार्यक्रमकाबीच संयुक्त रुपमा उद्घाटन गरे ।
दशहजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा आठ वटा काम गर्ने बे रहेको र मासिक एक हजार गाडी सर्भिसिङ्ग गर्न सक्ने क्षमता रहेको बताइन्छ ।
सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित रहेको र २८ जना प्राविधिक कर्मचारीले सेवा दिने बतास ब्रदर्शका कार्यकारी निर्देशक प्रमेश पराजुलीले जानकारी दिए।
‘सर्भिस सेन्टरमा बडी मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन मर्मत एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको छ ।सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टम द्वारा गाडीको चेक जाँच गर्दछौँ ।’ पराजुलीले भने ।
सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गरिने र ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था गरिएकाले ग्राहकले आफ्नो गाडी सर्भिसिङ्ग भइरहेको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको सर्भिस डाईरेक्टर विनोज पोटेले बताए।
कार्यक्रममा सिजी मोटोकर्पका निर्देशक चौधरीले सुजुकीको विक्रीको पछिको सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्धेश्यले तीन वर्षभित्रमा देशका दुई सय स्थानमा सर्भिस सेन्टर स्थापना गर्ने योजना रहेको बताए ।
उनले सुजुकी हाल देशमा सर्वाधिक विक्री हुने ब्राण्ड बनेको र अन्य ब्राण्डसँगको प्रतिश्पर्धामा डबल अन्तर रहेको दाबी गरे ।
बतासका प्रवन्ध निर्देशक शान्तराज बतासले ट्याक्सीका गा्रहकहरुका लागी लक्षित गरेर साँझ ६ बजे बाट ८ बजे सम्म एक्सप्रेस ट्याक्सी मेन्टेनेन्स सेवा प्रदान गरिने बताए।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०