ताङतिङस्थित हिमालय मिलन माविबाट सर्वोत्कृष्ट अंकमा एसइई उत्तीर्ण श्रीया गुरुङलाई पुरस्कार प्रदान गर्दै सांसद मनबहादुर गुरुङ। तस्वीर : आदर्श समाज
पोखरा, १८ वैशाख। मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठानको आठौं साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ। साधारणसभासँगै मेजर वीरसिंह गुरुङको ११७ औं जन्मजयन्तीसमेत मनाइयो।
साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङले कास्कीको शिक्षा र स्वास्थ्य क्षेत्रमा स्व. गुरुङले अतुलनीय योगदान पुर्याएको स्मरण गरे। सांसद गुरुङले पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमरसिंह मावि स्व. गुरुङको नाममा नामकरण गर्नुपनेर्मा जोड दिए। प्रतिष्ठानमा युवाहरुको नेतृत्व र सहभागिता रहनुपर्ने सांसद गुरुङको भनाइ छ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरीब नागरिक तथा बालबालिकाहरुको पहुँच हुनुपनेर्मा जोड दिए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउनुपर्ने औंल्याए।
प्रतिष्ठानका संरक्षक सदस्य लोकबहादुर गुरुङले स्व. मेजर वीरसिंहको नाममा यसअघि बनेका संरचनाको संरक्षण र सम्बद्र्धर्न हुनुपर्ने बताए।
सनातन धर्म सेवा समिति अध्यक्ष रवीन्द्र माकाजूले अरुको उन्नति र सुखमा रमाउन सक्नु नै स्व. गुरुङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा बुद्धिबहादुर थापाले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्व. वीरसिंह गुरुङ प्र्रतिष्ठानबीच सहकार्य गरेर जाने प्रतिबद्धता जनाए।
प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले स्व. वीरसिंह गुरुङको स्वास्थ्यप्रतिको सही भावनालाई प्रतिष्ठानले कार्य योजना बनाएर अघि बढ्ने उल्लेख गरे।
तमुधिं नेपालका पूर्व महासचिव रुद्रकुमारी गुरुङले रानीपौवादेखि अमरसिंहसम्मको मार्गलाई स्व. गुरुङको नाममा नामाकरण गर्न आग्रह गरे।
शिक्षासेवी तेजबहादुर गुरुङले स्व. गुरुङबाट समाजसेवा र सहयोगी भावनाको पाठ सिक्नुपर्ने औंल्याए। कार्यक्रममा मादी गाउँपालिका–२, ताङतिङस्थित हिमालय मिलन माविबाट उत्कृष्ट अंक ल्याएर एर्सई परीक्षामा उत्तीर्ण छात्र राहुल गुरुङ र श्रीया गुरुङलाई पुरष्कृत गरिएको थियो।
प्रमुख अतिथि मनबहादुर गुरुङले उनीहरुलाई नगद पाँच/पाँच हजारसहित प्रमाणपत्र प्रदान गरे।
त्यस्तै, मादी गाउँपालिकाको ताङतिङस्थित हिमालय माविमा लामो समय शिक्षण पेशामा रहेर शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै स्व. टेकसाई गुरुङलाई मरणोपरान्त सम्मान गर्यो। सो सम्मान उनका छोरा मादी गाउँपालिका अध्यक्ष श्यामले ग्रहण गरे।
त्यस्तै, लामो समय स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोमा पोखरा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानका वरिष्ठ चिकित्सक डा लुमेश्वर आचार्यलाई समेत दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्यो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राडा कृष्ण केसीले अध्यक्षको प्रतिवेदन, सचिव सु.इन्द्रबहादुर गुरुङले सचिवको प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिष्ठान अध्यक्ष प्राडा कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष देवीराज गुरुङले स्वागत र सचिव ईन्द्रबहादुर गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९