पोखरा, १८ वैशाख। कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ।
कास्की र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ ले जानकारी दिए।
नेपालका वाइसे चौवीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो।
भ्रमणटोलीलाई त्यहाँस्थित काला भैरव मन्दिर, ऐतिहासिक दरबार क्षेत्र लगायतका विषयमा स्थानीय समाजसेवी एवम् काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी गराएका थिए।
अवलोकन भ्रमणमा समाजका सल्लाहकार प्रेमप्रकाश गौतम, भगवान पन्त, डा दीर्घनाथ ढुंगाना र विष्णुप्रसाद बराल, डा कालु शर्मा, समाजका सचिव लोकनाथ दवाडी, कोषाध्यक्ष तारा श्रेष्ठ लगायत ४० जना सहभागी रहेकोमा सबैले भ्रमण फलदायी रहेको धारणा व्यक्त गरेका छन्।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०