चार वर्षअघिको हत्या अनुसन्धान शुरु

रासस
वैशाख १७, २०७६
Karagar-jail

पोखरा, १७ वैशाख । चार वर्षअघि पोखरा नयाँबजारमा हत्या गरिएका सूर्य पाण्डेको हत्यामा सम्लग्नको अनुसन्धान शुरु गरिएको छ ।

विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ ।

लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै पाण्डेकी आमाले न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहार्दै आएकी छन् । सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले विशेष चासो देखाएर अनुसन्धान अघि बढाएपछि गत शुक्रबार किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै तीन जनालाई आइतबार पक्राउ गरेको हो ।

आयोगको पहलमा प्रदेशको एसआइटीले समेत विशेष चासो देखाएर अनुसन्धान थालेपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्रन बाध्य भएको हो । पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ तथा उनका साथी पोखरा ९ बस्ने धु्रव मानन्धर र ध्रुवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको छ । उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । २०७२ को विनासकारी गोरखा भूकम्पका कारण घर भत्किएका पीडितलाई राख्न सरकारले पालुङटारमा साढे १५ करोड लागतमा १ सय…
  • कालीगण्डकी दोहन रोक्न साझा पहल   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    बलेवा ।  कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका…
  • गोरखा गठबन्धनमा गन्जागोल

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । २०७४ को संसदीय निर्वाचनमा गठबन्धनकै कारण गोरखाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन पाएन । कमजोर क्षेत्र १ मा…
  • सूचनाको हकसम्बन्धी विधेयक पारित

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक पारित भएको छ । बिहीबार प्रदेशसभा बैठकले बहुमतले सो…
  • मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र

    प्रकाश ढकाल श्रावण २७, २०७९
    पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा अझै राजसंस्था जीवित छ । प्रशासनिक काम नगरे पनि चाडपर्व र विशेष बेलामा पूर्व…

hero news full width