पोखरा, १६ वैशाख । पोखरामा सोमवार दिउसो असिना पानी परेपछि किसानले लगाएको तरकारी वाली नष्ट भएको छ ।
दिउसो ३.३० वजेदेखि ४.०० वजेसम्म लगातार परेको असिना पानीले यहाँका किसानले लगाएको तरकारी, फलफूल र अन्न वाली नष्ट गरेको हो । लगातारको असिना पानीले मोटरसाइकल र गाडी ऐनाका सिसा समेत फूटेका छन् ।
विशेष गरी असिना पनीले वढी क्षति पोखराको कास्कीकोट, सराङकोट, पुम्भीभुम्दी,, हेम्जा, मालेपाटन, मासवार, पस्र्याङ, छोरेपाटन, अर्मला, लामाचौर, भलाम, काँहू, आर्वा, मौजा, सिशुवा, वेगनास, कालिका, धम्पुस, धिताल लगायतका वालीनालीमा क्षति पु¥याएको छ ।
किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, फर्सी, करेल, लौका, वोडी, गोलभेँडा विरुवा नष्ट गर्नुको साथै असिना पानीले लिची, सुन्तला, आरु, मेवा आप, लगायतका फूल तथा फलहरु झारेर नष्ट गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
क्षतिको तथ्याङ्क आइसकेको छैन, कडरियाले भने– यहाँका किसानले लगाएको वाली र फलफूलमा करोडौ रुपैयाँ मूल्य बरावरको नष्ट भएको छ ।
Related News
सम्बन्धित समाचार
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
शिक्षकलाई कम्प्युटर तालिम
पानी परे पनि रोकिएन घरदैलो
hero news full width
मुख्य समाचार
पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९