पोखरा, १५ वैशाख। घरेलु तथा साना उद्योलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपनेर्मा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।
उनीहरूले राज्यले साना र घरेलु उद्योगको प्रतिष्पर्धी क्षमता बढाउन, तालिम र अनुदानको व्यवस्थाको माग पनि गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आयोजित अन्तरक्रियामा उक्त कुरामा जोड दिइएको हो।
आइतबार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले देशमा भएको रोजगारीमा घरलु तथा साना उद्योगको ८५ प्रतिशत योगदान रहेको जिकिर गरे।
उद्योगहरूलाई बचाउनु राज्यको कर्तव्य र साना उद्योग चलाउनेहरूको राज्यसम्मको पहुँच कम हुँदा उनीहरू अनुदान र अन्य सहयोग लिन पछि परेको दावी गरे। साना उद्योगका उत्पादनहरूमा प्याकेजिङ र बजारीकरणको समस्या भएको उल्लेख गर्दै उनले ठूला उद्योगहरूको कर्तव्य साना उद्योगहरूलाई बचाउनु पनि रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाले राष्ट्रिय पहिचानका सामाग्री उत्पादन गर्ने लघु तथा साना उद्योगलाई राज्यले नै संरक्षण गर्नुपनेर्मा जोड दिए। उनले गण्डकी प्रदेश सरकारले लघु, साना तथा घरेलु उद्योगको विकासको लागि ३ करोड बजेटको व्यवस्था गरेको प्रति आभार व्यक्त गरे।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हरेक व्यवसाय सुरु गर्दा बजारको अध्ययन गर्ने परम्पराको विकास गर्नुपनेर्मा जोड दिए। साना र घरेलु उद्योगहरूले राष्ट्रिय अर्थतन्त्रमा दिएको योगदानको कदर गर्दै ती उद्योगहको संरक्षणमा विशेष कार्यक्रम संचालन गर्न उनले सरकारसँग माग गरे।
नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक हंशराम पाण्डेयले लघु, घरेलु तथा साना उद्योगको अवस्था, उद्योग प्रवद्र्धनमा समस्या र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै परम्परागत सीपबाट संचालन हुँदै आएका उद्योगहरू, कृषि तथा वन पैदावार, चिया, कफी, फलफूलतरकारी, जडिबुटी, होटल, रेष्टुरेण्ट, गामेर्ण्ट र हस्तकलामा आधारित भएर साना उद्योग संचालन गर्न सकिने बताए।
गण्डकी प्रदेशमा १ लाख ६ सय ८८ वटा उद्योगहरू संचालनमा रहेको बताउँदै उनले ती उद्योगहरूमा ३ लाख ४१ हजार ८ सय १८ जनाले रोजगारी पाएको जनाए।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका उद्योग अधिकृत महराज ढकालले जनशक्तिको अभावमा आफ्नो कार्यालयले सोचेजस्तो काम गर्न नसकेको बताए।
Related News
सम्बन्धित समाचार
सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा
मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०