पोखरा, १५ वैशाख। प्रनिनिधिसभा अन्तर्गतको अर्थ समितिद्वारा आइतवार यहाँ आयोजित पूर्व बजेट छलफलमा उत्पादनमुखी बजेट वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ। बजेट उत्पादनमुखी हुन नसक्दा त्यसको प्रतिफल अपेक्षाअनुरूप हुन नसक्ने बताउँदै कार्यक्रमका वक्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न पनि उत्पादनलाई जोड दिनुपर्ने धारणा राखे।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौगोलिकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै स्थानीय एवं प्रदेशको आवश्यकताअनुरूप बजेट आउनुपर्ने बताए। समृद्धि र विकासका लागि कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्राथमिकतामा पर्नुपर्ने धारणा राख्दै उनले उत्पादन लक्षित बजेटले मात्र जनताका अपेक्षा पूरा गर्ने बताए। प्रदेशको सम्भावनाका आधारमा विकासका योजना अघि सार्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गर्नुपर्ने बताए।
समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजलाई विकासका मार्गमा अघि बढाउने किसिमको बजेट वर्तमानको आवश्यकता भएको बताए। उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै लक्षित आर्थिक उपलब्धि हासिल गर्नेतर्पm बजेट केन्द्रित हुनुपर्ने उनले बताए।
राजश्वको संकलन एवं त्यसको परिचालन प्रभावकारी बनाउँदै उत्पादनका माध्ययमबाट रोजकारी सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
कार्यक्रम संयोजक एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेअनुरूप जेठ १५ मा सङ्घीय बजेट ल्याउने पूर्वतयारी स्वरूप सुझावका लागि छलफल राखिएको जानकारी दिए। सातवटै प्रदेशमा यस किसिमका छलफल भएको बताउँदै उनले प्राप्त सुझावलाई प्रतिवेदनका रूपमा सरकारलाई बुझाइने बताए। कार्यक्रममा विभिन्न क्षेत्रसम्बद्ध संस्था, स्थानीय तहका प्रमुख एवं प्रतिनिधिलगायतले आगामी बजेटमा समावेश गर्नुपर्ने विषयमा आ–आफ्ना सुझाव व्यक्त गरेका थिए।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य जयकुमार राईलगायतले लोकप्रिय र जनमुखी बजेट ल्याउन सरकारलाई निर्देशन दिइने जानकारी दिए।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०