पोखरा, १५ वैशाख । स्वर्गीय पूर्वमन्त्री रवीन्द्र अधिकारीको ६० औं दिनको स्मृतिमा शान्ति उदय मावि पोखरा–३३का भरतपोखरीका विद्यार्थीलाई आइतवार स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
अनेरास्ववियू भूगोल जिल्ला कमिटी कास्कीद्वारा स्वर्गीय रवीन्द्र अधिकारीले १–१० कक्षासम्म अध्ययन गरेको उक्त विद्यालयका १८० विद्यार्थीलाई स्टेशनरी एवं खेलकुद सामाग्री वितरण गरिएको हो । उक्त अवसरमा स्व रवीन्द्र अधिकारीमा समर्पित भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।
अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष रश्मि आचार्यले रवीन्द्र अधिकारीले शिक्षा क्षेत्रमा छोडेको छाप अमेट रहनुको साथै विद्यार्थी परिचयपत्रको आधारमा बसमा दिइएको भाडा छुटमा उनी अझै जीवित रहेको अनुभूति भइरहेको बताए । विकास निर्माणमा अधिकारीको योगदान अतुलनीय रहेको एक कर्मठ र स्थापित नेता गुमाउदाको पीडा ब्यक्त गर्ने शब्द नभएको आचार्यले बताए ।
वडा ३३ का अध्यक्ष शिव आचार्यले रवीन्द्र अधिकारीले देश निर्माणमा गरेको योगदान महत्वपूर्ण रहेको बताउदै अधिकारीप्रति श्रञ्द्धाञ्जलि व्यक्त गरे । संगठनका अध्यक्ष शेखर गौतमले अबको विकास आर्थिक समृद्धिबाटै सम्भव र स्वर्गीय रवीन्द्र अधिकारीले अनेरास्ववियूको अध्यक्ष विद्यार्थीको हितमा गरेको योगदान, प्रविण गुरुङको हत्यारा पत्ता लगाउन गरेको हस्ताक्षर संकलन अभियान, वसमा विद्यार्थी सहुलियत लगायतको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।
Related News
सम्बन्धित समाचार
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
शिक्षकलाई कम्प्युटर तालिम
पानी परे पनि रोकिएन घरदैलो
गण्डकीको आगामी बजेट : आयात रोक्ने, रोजगारी बढाउने
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९