पोखरा, १५ वैशाख । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले बैशाख १८ गते एक सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने भएको छ।
युनियन जिल्ला अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा श्रमिक दिवस मनाउने निर्णय गरेको हो । केन्द्रीय नीति अनुरुप सबै प्रदेशमा भावि नीति तथा वर्तमान सरकारले गर्दै आएको मजदुर विरोधी कार्यक्रमको भण्डाफोर गरिने जानकारी नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले दिए ।
कांग्रेसले जनजागरण अभियान थालेसँगै निकट मजदुर संगठनले सक्रियता बढाउन मजदुर दिवस मनाउन ट्रेड युनियन कांग्रेससँग आवद्ध १६ प्रतिष्ठानबाट ब्यानरसहित ¥यालीमा सहभागी हुन अनुरोध गरिएको छ ।
६ हजार संख्यामा रहेका मजदुरले पोखरामा निकाल्ने ¥यालीलाई नजिकबाट नियाल्नु पर्ने बैठकमा सहभागीले बोलेका थिए । सामाजिक सुरक्षा कोष, अस्थायी कर्मचारी, करारमा कार्यरत कर्मचारी, न्युनतम पारिश्रमिक पाउन नसकेका मजदुर, असंगठित क्षेत्रका मजदुर तथा सरकारले हैरानीमा पारेका मजदुरका विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले ¥याली पछिको सभामा सम्बोधन गर्ने बताइएको छ ।
बैठकले नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले सल्लाहकारमा मनोनित भएका रामजी कुँवर, संगठन विभाग सदस्य कुलदेवी बराल, कानुनी सेल सदस्य कृष्णप्रसाद तिमिल्सिना, प्रचारप्रसार विभागमा चयन भएका निर्दोष डुम्रे समेत बैठकमा सहभागी थिए ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन जिल्ला अध्यक्ष विजयराज भण्डारीको मूल संयोजकत्वमा समिति गठन भएको छ । बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला सचिव रुद्रप्रसाद तिमिल्सिना, शिक्षक संघका शिरोमणि लामिछाने, प्रेस युनियनका नवीन सिग्देल, कारखानाका किरण अधिकारी, केशवराज भट्टराई, अर्जुन खनाल, टेकनाथ पन्थी लगायतले धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्णका युवालाई ट्रेकिङ गाइड तालिम
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
वेटिङ मुख्यमन्त्री पाण्डे भन्छन् : अल्पमतमा परेको सरकार बाहिरिएकै जाती
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९