सिर्जनशीलमा कृति लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
20190427_082049_Fotor

सिर्जनशील लोकतानित्रक प्रतिष्ठान पोखरा र पाल्पा साहित्य समाज पाल्पाद्वारा पोखरामा शनिबार आयोजित साहित्यिक कार्यक्रमको उद्घाटन गर्दै संस्कृतिकर्मी तीर्थ श्रेष्ठ। तस्वीर : आदर्श समाज

पोखरा, १४ वैशाख। सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र पाल्पा साहित्य समाज पाल्पाको संयुक्त आयोजनामा शनिवार पोखरामा ‘सम्झनामा पोखरेली सर्जक’ र ‘बालकेलि’ कृति लोकार्पण गरिएको छ।

पाल्पाका साहित्यप्रेमी राजेन्द्रगोपाल सिंहले संयोजन गरेको ‘सम्झनामा पोखरेली सर्जक’ कृतिको प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले लोकार्पण गरे।

त्यस्तै, केशवप्रसाद रेग्मीको खण्डकाव्य ‘बालकेलि’ प्रतिष्ठानका पूर्व अध्यक्ष प्राडा विष्णुप्रसाद पौडेलले लोकार्पण गरे।

२०३५ मा टिकटमा मुक्तक कार्यक्रमदेखि नै पाल्पासँगको पोखरेली सम्बन्धको स्मरण गर्दै प्रमुख अतिथि श्रेष्ठले पोखरेली स्रष्टा र सिर्जनाका बारेमा पत्रिकाबाट संलग्न सामग्री झट्ट हेर्दा सामान्य देखिए पनि तिनको ठूलो ऐतिहासिक महत्व रहेको धारणा राखे। उनले भने, ‘संकलन स्रष्टाहरूको संरक्षक पनि हो र यस्ता काम एकेडेमीले गर्नुपर्नेमा एउटा व्यक्तिले गर्नु आफैमा महत्वपूर्ण कार्य हो। ’

कृतिमाथि टिप्पणी राख्दै प्रतिष्ठानका संस्थापक सदस्य वेदहरि तिमिल्सिनाले पोखरेली साहित्य, कला, पर्यटन, संस्कृति, पत्रकारिता लगायत विषयमा जान्न खोज्नेका लागि कृति महत्पूर्ण रहेको धारणा राखे।

कृति संयोजन गर्नुको प्रयोजनमाथि चर्चा गर्दै संयोजक राजेन्द्रगोपाल सिंहले यो कामलाई आपूmले कर्तव्यका रूपमा लिएको धारणा व्यक्त गरे।

‘बालकेलि’ खण्डकाव्यमाथि टिप्पणी गर्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा जगन्नाथ रेग्मीले खण्डकाव्यले एकपटक आफ्ना बाल्यकालीन अनुभूति दिलाउने विचार व्यक्त गरे।

खण्डकाव्यका स्रष्टा केशव रेग्मीले आफ्नो रचनागर्भ प्रस्तुत गरेको कार्यक्रममा प्राडा शालिग्राम सुवेदी, मदनराज थापा, कल्याण पन्त, भोजराज भट्टराई, डिल्लीराम कार्की, श्रीराम अधिकारी, भरत पोखरेल र राजेन्द्रगोपाल सिंहले रचना वाचन गरेका थिए।

आयोजक पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले पोखरासँग जोडिन पाउँदा खुसी लोगेको धारणा राखे।

प्रमुख अतिथिबाट रचना वाचन गरी उद्घाटन गरिएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले स्वागत र १० औँ वर्ष प्रवेश अवसरमा प्रकाशित भित्तेपात्रोबारे चर्चा गरेका थिए।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष डा भूमिराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव कृष्णप्रसाद त्रिपाठीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…

hero news full width