पोखरा, १४ वैशाख । पोखरा–३ भित्र रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । पोखरा–३ वडा कार्यलय, नेपाल नेत्रज्योती संघ र ज्येष्ठ नागरिक सम्मान समितिले वडाभित्र रहेका ७० वर्ष बढि उमेर पुगेका करिब एक सय २० जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर संयुक्त सम्मान गरेको हो ।
उक्त वडाका वडा अध्यक्ष रवीन्द्र प्रजूले बृद्ध राजकुमार भारी र सुभद्रादेवी उदासलाई सम्मान गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नाट्य तथा संगीत प्रतिष्ठानका प्राज्ञ प्रजापति पराजुलीलाई सम्मान गरेको थियो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूर्य खड्का ‘विखर्ची’लाई समेत सम्मान गरिएको थियो ।
उक्त वडा कार्यलयमा रहेर लामो समय कार्य गरेको भन्दै वडा सचिव सबिता तामाङलाई सम्मानसहित विदाई गरिएको थियो । उक्त अवसरमा नयाँ सचिवका रुपमा कार्यभार सम्हाल्न आएकी मीना बराल पौडेललाई सम्मानसहित स्वागत गरेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रजूले आफ्नो वडाभित्र बालश्रम मुक्त गरिएको बताए । आफ्नो वडाभित्र कसैले बालबालिकाहरुलाई श्रममा लगाएको भेटे कानूनी कारवाही गरिने उल्लेख गरे ।
कार्यक्रममा सम्मानीत डा. राधेश्याम कायस्थ, वडा सदस्य लक्ष्मी पराजुली, नेकपा प्रतितनिधि राजकुमारी भुजेल र राप्रपा प्रतिनिधि मोतिराम शाक्यलगायतले बोलेका थिए ।
वडा अध्यक्ष रवीन्द्र प्रजूको अध्यक्षतामा भएको कार्र्यक्रममा नेत्रज्योती संघका अध्यक्ष नन्दु श्रेष्ठले स्वागत र कार्यक्रम समितिका सचिव सनकमान सिकेले कार्यक्रम संचालन गरेका थिए ।
आँखा परीक्षणमा १ सय ५० जनाको आँखा परीक्षण र उनीहरुलाई चस्मा एवं औषधी वितरण गरेको समितिका सचिव सनकमान सिकेले जानकारी दिए । सिकेका अनुसार १० जनाको मोतियाविन्दु शल्यक्रियाका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९