लेखनाथ, ११ वैशाख। लेखनाथ नगर क्षेत्रलाई कार्यक्षेत्र बनाएर ङ्योए तमु धिं लेखनाथले भारत सरकार सहयोगमा संचालनमा ल्याएको एम्बुलेन्स उद्घाटन गरिएको छ।
भारतीय राजदूतावास सहयोगमा प्राप्त सो एम्वुलेन्सको भारतीय दूतावासका विकास साझेदारी परामर्शदाता डा प्रफुल्लाचन्द्र शर्माले उद्घाटन गरेका हुन्।
ङ्योए तमु धिं लेखनाथ कास्कीको लागि प्राप्त ग३च ११९ नम्वरको एम्बुलेन्सबाट पोखरा वडा २६ देखि ३३ सम्मका आठवटै वडाका जनतालाई सेवा दिने उद्देश्यले एम्वुलेन्स सेवा संचालन गरिएको हो।
ङ्योए तमु धिं लेखनाथ अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करी, भारतीय पेन्सन क्याम्पका डा मेजर शिवनाथ, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले एम्वुलेन्स सेवाबाट सो क्षेत्रका जनता र भारतीय भूपू सैनिक तथा उनका परिवारको उपचारमा सहयोग पुग्ने विश्वास दिलाए।
सो अवसरमा ओखलढुङ्गा विपत् व्यवस्थापन समितिका महासचिव गुरु केदार बराल, समाजसेवी केशवमणि ओली, मानव अधिकार परिषदका केन्द्रिय अध्यक्ष तुलसी थापाले ङ्योए तमु धिं लेखनाथका लागि एक थान ह्वीचियर सहयोग गरेका थिए।
यस्तै, महात्मा गान्धी छात्रवृत्ति प्राप्त गर्न सफल अनिसा गुरुङ, मेरेना गुरुङ, विपिक गुरुङ र जोशिला गुरुङलाई सम्मान गरिएको थियो भने संस्था कोषाध्यक्ष काशीमाया गुरुङलाई पनि कामको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो।
उपमहासचिव चिनबहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष काशीमाया गुरुङले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९