रोल्पा, ११ वैशाख । मगर समुदायले भाषा संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला रोल्पामा स्थापना गरिएको मगर सङ्ग्राहलय भने बन्द हुने अवस्थामा पुगेको छ । सङ्ग्राहलय सञ्चालनका लागि बजेटको अभाव भएसँगै उक्त सङ्ग्राहलय बन्द हुने अवस्थामा पुगेको हो ।
रोल्पा सदरमुकाम लिवाङमा रहेको उक्त सङ्ग्राहलय एक कोठामा सीमित हुनपुगेको छ । प्रचारप्रसारको अभावमा सङ्ग्राहलयबारे धेरैलाई जानकारी छैन । मगर बाहुल्यता रहेको जिल््ला भए पनि यसको विकास र संरक्षणमा कसैको ध्यान नपुग्दा सङ्ग्राहलय यस्तो अवस्थामा पुगेको मगर अगुवाको भनाइ छ ।
सङ्ग्राहलय रहेको घर भाडा तिर्न नसक्दा बन्द गर्ने अवस्थामा पुगेका छौँ, नेपाल मगर सङ्घ रोल्पाका सचिव जोखबहादुर पुनले भने । रोल्पा नगरपालिकाले अघिल्लो वर्ष घर भाडाका लागि केही बजेट सहयोग गरेको थियो पुनले भने जिल््लाका सबै स्थानीय सरकारको समन्वयमा जिल्लाको मगर भाषा संस्कृतिलाई जीवन्त राख्ने स्थानको रुपमा सङ्ग्राहलयको स्तरवृद्धि गर्ने सोच बनाएका छाँै सचिव पुनले भने ।
जिल्लामा कूल जनसङ्ख्याको ४६ प्रतिशत सङ्ख्या मगर समुदायको भए पनि उनीहरुको भाषा संस्कृति भने लोप हँुदै जान थालेको छ । जिल्लाको पूर्वीउत्तरी भू–भाग फगाम, जेल्वाङ, गाम, सिउरी, सेरम, उवा, थवाङ, मिरुल, जङ्कोटलगायतका स्थानमा बस्ने मगरले मात्रै मगर भाषा बोल्ने गर्छन । अधिकांश मगर आफ्नो भाषा बोल्ने गर्दैनन् भने मगर संस्कृतिसमेत बिर्सदै जान थालेका छन् । भाषाको संरक्षण र थप विकासका लागि भाषा प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको नेपाल मगर सङ्घ रोल्पाले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो
नेपाली नाटकको अस्तित्व खोजी
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०