पोखरा, १० बैशाख । पोखरा–३३ भरतपोखरको बरपाण्डेथुम स्थित शान्ति उदय माविले विद्यार्थीको संख्या वृद्धि र सहज रुपमा विद्यालय आउजाउ बस सेवा संचालनमा ल्याएको छ ।
कास्की दक्षिण भेगकै पुरानो यस विद्यालयमा आउने विद्यार्थीको सहजतालाई लक्षित गरी यसै शैक्षिक वर्षदेखि स्कुल बस सञ्चालनमा ल्याइएको प्रधानाध्यापक टेकनारायण गिरीले जानकारी दिए ।विद्यालयमा विद्यार्थीका लागि निःशुल्क बसको व्यवस्थाका साथै इन्टरनेट सहित कम्प्युटर र विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको उनले बताए ।
उनका अनुसार कक्षा तीन सम्मका विद्यार्थीका लागि निःशुल्क खाजाको व्यवस्थाका साथै सुविधा सम्पन्न ई लाइब्रेरीको व्यवस्था गरिएको छ । विद्यालयले कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, नियमित सह–कृयाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, पर्याप्त खेलमैदान आदिको व्यवस्था गरेको छ ।
विद्यालयको पूर्वाधार विकास र शिक्षाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको पोखरा–३३कावडा अध्यक्ष शिवप्रसाद आचार्यले बताए ।“विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका साथै आवश्यक भौतिक पूर्वाधार विकास समेतलाई हामीले प्राथमिकतामा राखेका छौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आचार्यले थपे, “विद्यालयको ऐतिहासिकता एवम् यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा खेलेको अतुलनीय भूमिकालाई दृष्टिगत गर्दै यसलाई आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।”
कास्की दक्षिण भेगमा छ दशक अघि यस क्षेत्रका दूरदर्शी शिक्षाप्रेमीको सकृयतामा वि.सं २०१६ सालमा कैलास प्रा. वि.को नामबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो वि.सं. २०२४ सालदेखि शान्ति उदय मा.वि.का नाममा सञ्चालन भएको विद्यालयमा २०६५ सालदेखि कक्षा ११ र १२ को कक्षा समेत सञ्चालन हुँदै आएका छन् ।
विद्यार्थी तथा अभिभावकको आकर्षण अभिबृद्धि गर्न यस शैक्षिक वर्षमा शान्ति उदयमा भर्ना हुने सम्पूर्ण विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्चका तर्फबाट ट्रयाकसुट उपलब्ध गराइने भएको मञ्चका अध्यक्ष मोति भुजेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सामुदायिक वन आँधीखोलामा क्षेत्री
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
गण्डकीमा आंशिक बदली हुने
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९