पोखरा, १० वैशाख । तनहुँको दमौलीमा माईक्रोबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
व्यास नगरपालिका –४ स्थित मालेबगरमा मंगलवार विहान माईक्रोबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक व्यास –१० परेवा डाँडाका २३ बर्षीय रमेश शर्माको मृत्युको भएको हो ।
पृथ्वीराजमार्ग अन्र्तरगत दमौलीमा पोखराबाट काठमाडौं तर्फ जादै गरेको ग १ य ४८५ नम्बरको माईक्रोले ग १३ प ९१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाइते हुन पुगेका थिए । घाइते स्कुटर चालकको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लीलाराज लामिछानेले बताए ।
भित्री सडकखण्डबाट पृथ्वीराजमार्गमा प्रवेश गरेको स्कुटरलाई माइक्रोले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रोबस, चालक र स्कुटरलाई प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमवार दिउसो पनि बसले मोटरसाइकललाइृ ठक्कर दिँदा एका युवको मृत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०