पोखरा, ८ बैशाख । सरकारले घोषणा गरेको भर्ना अभियानसँगै सामुदायिक विद्यालयप्रति आकर्ष वढेको पाइएको छ ।
निजी विद्यालयको शिक्षा महंगो हुदै जानु र सार्वजनिक विद्यालयले केही मात्रामा भएपनि शिक्षामा गुणस्तरीयता कायम गर्दै जानुने पछिल्ला बर्ष पोखराका केही सार्वजनिक विद्यालयमा विद्यार्थीको चाप बढ्न सुरु गरेको छ ।
निजी विद्यालयले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला कास्कीमा केही नाम चलेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप ह्वात्तै बढेको देखिन्छ ।जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ख्याति कमाएका अम्मरसिंह, सितलादेवी, वाटुलेचौर स्थित विन्ध्यवासिनी मावि, जनप्रिय मावि, भारतीभवन मावि परन्चौर, वालमन्दिर नदीपुर, लगायतका विद्यालयले शिक्षाको गुणस्तमा सुधार गरेको पाइएको छ ।
ति स्कुलमा भर्ना अभियानसँगसँगै विद्यार्थी भर्ना गर्न भ्याई नभ्याई छ । निश्चित सिटमा भर्ना खुलाए पनि तोकिएको भन्दा चौगुना बढि प्रवेश परीक्षामा सहभागी भएपछि, विद्यार्थीको चाप थेग्न धौधौ परिरहेको विद्यालयले ति विद्यालयले जनाएका छन् ।
एक सय जना विद्यार्थी चाहिएकोमा सितलादेखिमा पाँच सय विद्यार्थीले भर्नाका लागि फारम भरेर परीक्षा दिएका छन् । उत्कृष्ट भनिएका निजी विद्यालयवाट नै अधिकांश विद्यार्थी परीक्षामा सहभागी भएको विन्ध्यवासिनी मावि वाटुलेचौरका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । ।
भर्नाका लागी त्यस विद्यालयमा केफ, प्रगति, पोखरा एकेडेमी, रिभरडेल, गोर्खा वोडिङ्ग, सूर्योदय लगायतका निजी विद्यालयवाट सहभागी भएपनि केही विद्यार्थीले त नाम पनि निकाल्न सकेनन् ।अघिल्लो शैक्षिक सत्र भन्दा यसपाली विद्यार्थीको चाप अत्याधिक बढेको प्रधानाध्यापक आचार्यले बताए । अब्बल किसिमको शैक्षिक गुणस्तर र प्रविधिमैत्री वातावरणले गर्दा विद्यालयमा आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताए । अभिभावक, स्थानियबासी र विद्यार्थीको चाहाना अनुरुप थप शैक्षिक गुणस्तर वृद्घि गर्न आफुहरु लागि परेको शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले बताए ।
विद्यालयमा भर्ना अभियानसँगसँगै विपन्न परिवारका वालवालिकाको संरक्षकत्व लिने क्रम पनि वढेको छ। विद्यालय जाने उमेरका वालवालिका विद्यालय वाहिर नहुन भन्ने सरकारको योजनालाई समेत अभियानले सघाउ पु¥याएको छ ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
कर वृद्धि फिर्ता गर : कांग्रेस गण्डकी
जिसस कास्कीको स्थापना दिवस
आँधीखोलाको सेवा आफ्नै भवनबाट
ड्रागन फल्दा किसानमा हर्ष
hero news full width
मुख्य समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी
श्रावण १९, २०७९