पोखरा, ८ बैशाख । निजी विद्यालय संचालकहद्वारा स्थापना भएको पोखराको लायन्स क्लव अफ स्कूल चौतारीको निर्वाचनवाट वर्ष २०१९।२० का लागि रामबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
क्लबको प्रथम उपाध्यक्षमा तिलक अधिकारी, द्वितीय उपाध्यक्षमा मनकाजी गुरुङ, तृतीय उपाध्यक्षमा प्रकाशराज वाग्ले, एमसिपीमा शिवराज पौडेल, सचिवमा इन्द्रअधिकारी, कोषाध्यक्षमा सञ्जय पौडेल, सहसचिवमा आत्मबहादुर थापा, सहकोषाध्यक्षमा देवी लामिछाने, पिआरओमा गौरब थापा, टेलटुइस्टरमा बेदप्रसाद श्रेष्ठ, टेमरमा सोमनाथ पौडेल, मिडिया तर्फ सन्तोष अधिकारी र खगेन्द्र अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन मण्डलका हेमन्त अधिकारीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बरालले लायन्स क्लव अफ पोखरा चौतारीले समाजसेवामा महत्वपूर्ण भूमिका निभाउन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनको लागि अनुरोध गरे । कार्यक्रममा विशेष अतिथि एन प्याब्सन केन्द्रीय बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, लायन्स क्लव गोल्डेन चौतारीका संस्थापक अध्यक्ष एवं चिफ एडभाइजर दिनबन्धु पौडेल, अध्यक्ष खेमराज बराल, निर्वाचन प्रतिनिधि एवं शिक्षा विभाग प्रमुख हेमन्त अधिकारीले नयाँ कार्यसमितिलाई शुभकामना तथा सफल कार्यकालको कामना सहित बधाई ज्ञापन गरेका थिए ।संस्थापक अध्यक्ष यम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शिवराज पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
hero news full width
मुख्य समाचार
चुनावको जात्रा, मकैको व्यापार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९