लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा केन्द्रका मानार्थ सदस्य समाजसेवी डब्लुटु गमबहादुर गुरुङलाई सम्मान गर्दै प्रदेश सांसद दीपक कोइराला। तस्वीर : भीमपाणि बराल /आदर्श समाज
लेखनाथ, ७ वैशाख। लेखनाथ सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवाले नव वर्ष–२०७६ को भितेपात्रो विमोचन, मानार्थ सदस्यको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
गण्डकी प्रदेश सांसद दीपक कोइरालाले गत वर्षको कामको समीक्षा गर्दै आगामी साललाई उत्साह र उमंगका साथ अगाडि बढाउनु पर्ने सुझाव राखेका थिए। उनले उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्नेबारे चिन्तनशील हुँदै परिमाण देखिने गरी विकास निर्माणका काम अगाडि बढाउनु पनेर्मा जोड दिए।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले राम्रो कामको अनुशरण गर्दै विकृति र विसंगति न्यूनीकरण गर्नका लागि जनता र प्रहरीबीच हातेमालो आवश्यक रहेकोमा जोड दिए। उनले लागु औषध नियन्त्रणका लागि घर परिवार, टोल र वडावाट नै अभियान संचालन गर्नु पर्ने सुझाव राखेका थिए।
लेखनाथ सामुदायिक सेवा केन्द्रलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएका वरिष्ठ समाजसेवी डब्लुटु गमबहादुर गुरुङलाई संस्थाले उच्च मूल्यांकन गर्दै मानार्थ सदस्य चयन गरी सम्मान गर्यो।
सम्मानित गुरुङले संस्थाका गतिविधि प्रभावकारी तरिकाले अगाडि बढाउन ५० हजार सहयोग गर्दै समाज रुपान्तरणका लागि आगामी दिनमा पनि आवश्यक सहयोग गरिरहने प्रतिबद्धता जनाए।
संस्थाका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समुन्वय सामुदायिक सेवा केन्द्र कास्कीका कार्यवाहक अध्यक्ष बोधराज कार्की, वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल र लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरीले आपसी समन्वय गरी अघि बढ्नुपर्ने बताए।
सेवा केन्द्रका उपाध्यक्ष एलपी ढुंगानाले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए।
सोही अवसरमा सेवा केन्द्रबाट सरुवा भई जान लागेका प्रहरी इञ्चार्ज गंगा पौडेललाई बिदाइ गरियो। यस्तै, सरुवा भई आएकी सेवा केन्द्रकी इञ्चार्ज सन्तोषी गिरी, प्रहरी निरीक्षक रामप्रसाद सपकोटा, डाँडाकोनाक ट्राफिक पोष्टका इञ्चार्ज डोलेन्द्र हामाल र प्रहरी हवल्दार मेघनाथ पौडेललाई स्वागत तथा सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०