?
पोखरा, ७ बैशाख । सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको कालिकास्थानमा आज आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले रक्तदान जीवनदान भएको बताउँदै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
आँफूहरू वडालाई सुन्दर बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले यसका लागि यहाँ कृयाशिल सहकारीहरूको महत्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी नियमित रक्तदान गर्दै आएको जानकारी दिए ।
उनका अनुसार सहकारीले वार्षिक ५७ करोड रुपैयाको कारोबार गर्दै आएको छ । सात करोड शेयर पुँजी रहेको सहकारीमा एक हजार ८८६ जना शेयर सदस्य छन् । पोखरा ३३ कालिकास्थानमा प्रधान कार्यालय रहेको सहकारीको प्रधान कार्यालय सहित पाँचवटा सेवा केन्द्र सञ्चालनमा छन् ।
संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक माधवप्रसाद कंडेलको स्वागत तथा सदस्य गोपिराज अधिकारीद्वारा सञ्चालित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार शिवदत्त तिवारीले रक्तदानको महत्व लगायतका विषयमा प्रकाश पारे ।
उक्त कार्यक्रमकै अवसरमा संस्थाका का.वा. प्रमुख प्रबन्धक विष्णुप्रसाद चापागाईले प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीलाई कार्यभार सुम्पेका थिए ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
कर वृद्धि फिर्ता गर : कांग्रेस गण्डकी
जिसस कास्कीको स्थापना दिवस
आँधीखोलाको सेवा आफ्नै भवनबाट
ड्रागन फल्दा किसानमा हर्ष
hero news full width
मुख्य समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी
श्रावण १९, २०७९