नेपाली कथानक चलचित्र “क्या बात छ” को शिर्ष गीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
kya baat xa (1)

पोखरा, ७ बैशाख । नेपाली कथानक क्या वात छ को श्याम शुक्ला फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र क्या वात छ को शिर्ष गित सार्वजनिक भएको छ ।

श्याम शुक्लाको युटुव च्यानल श्याम शुक्ला ईन्टरटेन्मेण्टवाट सार्वजनिक गरिएको सो गितमा विजय कुमार र रजनी रिदम राईको स्वर रहेको छ । यस्तै गिनिज वुक अफ वर्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका पोखराका पुराना गायक तथा संगीतकर्मी देशभक्त सिंह कँुवरको संगीत रहेको छ । यस्तै सार्वजनिक गितको शव्द रचना नवीन घतानेको रहेको छ ।

यही वर्ष प्रर्दशन गर्ने तयारीका साथ काम भएको चलचित्रका निर्देशक मन्दिप रानाले जानकारी दिए । उनका अनुसार चलचित्रको कलर र अन्तिम मिक्सीङ्गको काम वाहेक सवै काम सकिएको छ । एक्सन प्रेम कथामा आधारित चलचित्र क्या वात छ मा नविन घतानेको लगानी रहेको छ ।

५० लाखको हाराहारीमा अहिले सम्म खर्च भएको निर्माता घतानेको भनाई रहेको छ । उनले भने–“हामीले कसरी कम लगानीमा उत्कृष्ट चलचित्र निर्माण गर्न सकिन्छ भन्ने कुराम ध्यान दिएका छौं ।” उनका अनुसार अव नेपाली वजारमा करोड माथीका चलचित्रको लगानी सुरक्षित गर्न नसकिने भएकाले लगानीलाई कम गर्दै उत्कृष्ट चलचित्र निर्माण गर्नु पर्छ ।

चलचित्रमा नविन धताने, तुलसा जिसी , देशभक्त सिंह कुवर, रोशनी सुनैना, अविराज केसी, विजय कुमार, सुस्मिता परियार र गिताको मुख्य भुमिका रहेको छ । उस्तै पोष्ट प्रोडक्सनका सवै काम श्याम शुक्ला फिल्म प्रोडक्सनमा भएको छ भने चलचित्रको छायंकनमा राहुल राई, सम्पालक नेत्र गुरुङ्ग र अशोक आले मगर र कलरमा नेत्र गुरुङ्ग रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width