लेखनाथ, ५ बैशाख । प्रजातन्न सेनानी पोखरा –२७ अर्घौचोक निवासी हिरामणि सुवेदीलाई विहीवार रथारोहण सहित नागरिक अभिनन्दन गरिएको छ ।
सुवेदीको ८४ औं पूजनोत्सवका अवसरमा लेखनाथ नगर क्षेत्र भित्र रहेका बिभिन्न सामाजिक संघ सस्थाहरुले सामुहिक रुपमा नागरिक अभिनन्दन गरेका हुन् ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा वि स २०१७,२०१९ र २०४६ मा गरि करिव दुई वर्ष कारावास भोगेका सुबेदीले समाजसेवा, विद्यालय स्थापना, खानेपानी, पुस्तकालय, रेडक्रस लगाएतका सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै नागरिक अभिनन्दन गरिएको हो ।
सुवेदीलाई अभिनन्दन गर्दै नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सवैको सहयोगले लोकतन्त्र आएको बताउदै सुवेदी जस्तै कर्मठ देशभक्त नागरिकहरुले देश निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने धारणा राखेका थिए ।
पाटीगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको सेवामा निरन्तर लागी परेका सुवेदीको उच्च प्रशंसा गर्दै नेता पौडेलले नागरिक अभिनन्दनबाट सुवेदी योगदानको पुष्टी भएको बताएका थिए । सोही अवसरमा सुवेदीको जीवनीमा आधारित हिरामणि सुवेदी अभिनन्दन ग्रन्थको समेत विमोचन गरिएको थियो ।
अभिनन्दन समारोह पुर्व लेखनाथको अर्घौचोक, सुन्दरी बजार, लक्ष्मी मावि हुदै अर्घौचोकबाट अवास नगरको शिव मन्दिरमा पुगी पुन घरेलुचौरसम्म विभिन्न सघं सस्था र नागरिक समाजको सहभागितामा रथारोहण गराईएको थियो ।
कार्यक्रममा पुर्व कानून मन्त्री यज्ञबहादुर थापा, वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, भागवत भास्कर कमल नयन गौतम, पुर्व माननीय देविरमण न्यौपाने,,नेकपा कास्कीका नेता श्रीनाथ बराल, कास्की काग्रेसका सचिव सुदिपमोहन भटराई, परिवारको तर्फबाट बिन्दु सुवेदी, सुवेदीका दामली भोजराज भण्डारी, लक्ष्मी माविका प्रअ जगनाथ अधिकारी,अभिनन्दन ग्रन्थका सम्पादक माधव वियोगी, अभिनन्दन समितिका सदस्य डा .जगनाथ रेग्मी, चतुरभुज पौडेल लगाएतले सुवेदीको दीर्घ जीवनको कामना गरेका थिए ।
कार्यक्रममा अभिनन्दित ब्यत्तित्व सुवेदीले बिभिन्न सामाजिक संघ सस्थाका लागि अक्षयकोष स्थापनाका लागि आर्थीक सहयोग गरेका थिए । अभिनन्दन समारोहका संयोजक खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव महेश्वर पाण्डेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९