संचारकर्मी गिरीको रिहाईको माग गर्दै धर्ना

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७६
p 04

पोखरा,४ बैशाख । विद्युतीय अपराध मुद्दामातीन दिन अघि पक्राउ परेका ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई बिना शर्त रिहा गर्नुपर्ने माग गर्दै कास्कीका संचारकर्मीले धर्ना दिएका छन् ।

केही दिन अघ पोखराका विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेकै आधारमा बतासले गिरीलाई विद्युतीय अपराध अन्तर्गत उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गिरीलाई नियन्त्रणमा लिएको थियो ।

संचारकर्मीले बुधवार जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्ना दिएका हुन् । बुधवार नै गण्डकी प्रदेशको मुख्यमनत्रीकोक कार्यालयमा धर्ना दिन गएका संचारकर्मीलाई भने सुरक्षाकर्मीले रोकेपछि संचारकर्मी त्यहाँसम्म पुग्न सकेनन् ।

मुद्दा लगाइएका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलवार तीन दिन म्याद थप गरेको छ । विद्युतीय अपराध अन्तरर्गत मुद्दामा कास्की प्रहरीले गिरीलाई सोमबार पक्राउ गरेर थियो । गिरीलाई पक्राउ गरेपछि कास्कीका संचारकर्मीलाई पक्राउ गरेसँगै कास्कीका संचारकर्मी आन्दोलित हुदै आएका छन् ।

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको रोहोबरमा मंगलबार अदालत हाजिर हुने गरी छाडिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको थियो, गिरीको भने पत्रिका र अनलाइन दुबै मिडिया प्रेस काउन्सिलमा दर्ता यस अघि नै गरिसकेका थिए ।

गिरी पक्राउको बिरोधमा पोखराबाट प्रकाशित पत्रिकाले मंगलवार सम्पादकीयमा कालो पोतेर विरोध जनाएका छन् । पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको छ । त्यस्तै अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई विहान ६ बजे ९० सेकेन्ड प्रशासन बन्द गरिएको छ ।

विरोधका कार्यक्रममा पत्रकारका विभिन्न संघसंगठनको एक्यवद्धता रहेको छ । पत्रकारलाई साइवर क्राइमको कानून देखाएर तर्साउन खोजेको भन्दै पत्रकार महासंघ कास्कीले आन्दोलन र केन्द्रीय समितिले बिरोध गरेको छ । धर्नाका कार्यक्रममा पत्रकारका नेताहरुले आफ्ना पत्रकार गिरलिाई बिना सर्त छाड्नु पर्ने माग राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width