भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गए राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
ट्रकले पैदलयात्रु मोक्तानलाई मंगलवार राति ७ बजे दिएको ठक्करबाट घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनको मंगलवार राति नै मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०