पोखरा, ३ वैशाख। लोककवि अली मियाँको शतवार्षिकी सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई उनकै जन्मथलो याङ्जाकोटमा सम्मान गरिएको छ।
साहित्यकारहरु चेतन कार्की, प्रकाश सायमी, प्रतिष्ठान अध्यक्ष हनिफ मियाँ लगायतले उनलाई ५० हजार र सम्मानपत्रसहित सम्मान गरेका हुन्।
साथै मादी गाउँपालिका, हिमाली सांस्कृतिक परिवार लगायत स्थानीय आमा समूह, बाबा समूह, युवा क्लबसहित दर्जन संघ, संस्थाले उनलाई सम्मान गरेका थिए।
प्राज्ञ हरिदेवी कोइरालाले लोक संस्कृति नेपालीको जग भएको बताइन्। सम्मानित जगमान गुरुङको व्यक्तित्व र कृतित्वबारे तुलसी प्रवासले चर्चा गरे।
कार्यक्रममा समाजसेवी टीका कार्की, साहित्यकार प्रकाश सायमी र चेतन कार्कीले पनि जगमानको प्राज्ञिक व्यक्तित्वबारे चर्चा गर्दै शुभकामना दिए।
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले नेपाली वाङ्मयका साधकलाई जन्मस्थलमै सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे।
डा जगमानको सम्मानमा हिमाली सांस्कृतिक परिवारका कलाकारले विभिन्न लोक तथा देशभक्ति नृत्य प्रस्तुत गरेका थिए।
सचिव पद्मराज ढकालले प्रतिष्ठानले साधकको सम्मान, पुरस्कार, अन्तक्रिया लगायत कार्यक्रम गरिरहेको उनले जनाए।
Related News
सम्बन्धित समाचार
डा. अधिकारीलाई पीताम्बर विष्णु–राज्य वाङ्मय सम्मान
सुरजले ल्याए ‘साइकल’
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९