पोखरा, १ वैशाख। र्याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजना तथा सङ्गम सांस्कृतिक मञ्च पोखराको सहआयोजनामा शनिबार पोखरामा जनताका गायक रामेशको संस्मरणात्मक किताब ‘बालापन जीवनको’ माथि बहस भएको छ।
लेखक रामेशसँग साहित्यकार रुपिन्द्र प्रभावीले दोहोरो बहस गर्दै उनको कृतिमाथि केन्द्रित भएर उनका साङ्गीतिक यात्रा र बालापनका विषयमा चर्चा गरे।
२००१ असार ८ मा पाल्पामा जन्मेका उनलाई रुपिन्द्रले ७५ वर्षे ठिटोको संज्ञा दिँदा उनी खुसी भएका थिए। ‘मैले १८ वर्षे बूढो पनि देखेको छु, ८० वर्षे ठिटो पनि देखेको छु, ’ उनले भने। आफूमा अझै पनि धेरै काम गर्ने अभिलाषा बाँकी नै रहेको उनले सुनाए।
‘मानिस असल काम, विचार र चरित्रले प्रगतिशील र कम्युनिष्ट हुन्छ। हामी दास होइन, हुनुहुँदैन। जनताको सेवा गर्दासम्म नेतालाई साथ दिऔं, सेवा नगरी स्वार्थमा लागे नेता बदल्नुपर्छ।’
तीन वर्षकै उमेरमा तबला बजाएर जनतालाई चकित बनाएका जनताका गायक रामेशले अहिले नेपालमा सच्चा कम्युनिष्ट नै नभएको टिप्पणी गरे। ‘मानिस असल काम, विचार र चरित्रले प्रगतिशील र कम्युनिष्ट हुन्छ, ’ उनले भने, ‘हामी दास होइन, हुनुहुँदैन। जनताको सेवा गर्दासम्म नेतालाई साथ दिऔं, सेवा नगरी स्वार्थमा लागे नेता बदल्नुपर्छ। ’
अहिले पनि जनता, पार्टी र सिद्धान्तलाई अमूक नेताको स्वार्थ पूरा गर्ने साधन मात्र बनाइएको उनको आरोप थियो।
राल्फा आन्दोलनबाट नेपाली सङ्गीत परम्परामा दह्रो हस्तक्षेप गर्दै प्रगतिशील साङ्गीतिक अभियानमा क्रियाशील रामेशको ‘बालापन जीवनको’ बाल्यकालका सम्झनाहरू समेटिएको किताब हो। पारिजातको प्रेरणाबाट राल्फा जन्मेको स्रमण गर्दै उनले नेपाली सङ्गीतका क्षेत्रमा राल्फाले नयाँ मोड ल्याएको दाबीसमेत गरे। शृङ्खलाबद्ध रूपमा युवापन र त्यसपछिको जीवनका संस्मरणहरू पनि समेटेर किताब लेख्ने रामेशले बताए। जनताका गीत गाउँदा कैयौँ हण्डरहरू खानुपरे पनि कुनै गुनासो नरहेको रामेशको भनाइ थियो। उनले रातारात भाइरल हुने खालका गीतहरू आफूलाई गाउनु नपरेको र नपरोस् भन्दै बाँच्ने र बचाउने गीतका पक्षमा आफू रहेको धारणा राखे।
देशको माया गर्न कोही काँग्रेस वा कम्युनिष्ट हुनु नपर्ने धारणा अघि सारे।
उनले भने, ‘जनताका गीत गाउने र सुन्ने वातावरण मात्र बनाए पनि धेरै राष्ट्रवादी मान्छे जन्मिन्छन्। ’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको प्रस्ताव आए पनि आफूले त्यसलाई नस्वीकारेको रामेशले खुलासा गरे। आफूले कुलपति भएपछि सम्पूर्ण प्राज्ञ बहस कार्यक्रम पछि उनले सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरूको साथमा नयाँ पूराना गरी नौ ओटा गीत गाए। ‘मेरी नेपाल आमा’ बाट शुरु गरेका उनले बहुचर्चित गीत ‘गाउँ गाउँबाट उठ’ बाट समापन गरे।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा
बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०