गीताञ्जली रत्न पुरस्कार न्यौपानेलाई

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
neupane

rpt

पोखरा, १ वैशाख। गीताञ्जली साहित्य परिवार पोखराद्वारा वितरण हुँदै आएको गीताञ्जली रत्न पुरस्कार प्रा.डा. कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ।

प्रतिभा छनौट समितिको सिफारिसलाई अनुमोदन गर्दै गीताञ्जली साहित्य परिवारद्वारा न्यौपानेलाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय भएको अध्यक्ष शिवप्रसाद गौतमले जानकारी थिए।

उक्त पुरस्कारबाट विभिन्न स्रष्टा साधक पुरस्कृत भइरहेको सन्दर्भमा यस पटक परिवारले सरौंखोला ७ पर्वतमा जन्मेर नेपाली लोकसाहित्यको लोकगीत विधामा केन्द्रित न्यौपानेलाई अर्पण गर्ने निर्णय गरेको हो।

नेपाली लोकगीतमा विद्यावारिधिसमेत गरेका न्यौपाने अनुसन्धान र अध्यापनमा क्रियाशील छन्। राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा लोकसाहित्यका विविध विधामा चारदर्जन अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिसकेका उनी त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा २०४५ सालदेखि निरन्तर प्राध्यापन गराउँदै आएका छन्।

उनीसँग सहपरीक्षा नियन्त्रक, अनुसन्धान समितिको सदस्य, लोकवार्ता विभागको विषय समिति सदस्य, स्थायी समिति सदस्य भएर कार्य गरेको अनुभवसमेत छ।

उनका हालसम्म कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पती र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोकरामायण (२०६५), कस्केली जातजाति र उखान (२०६९), दशावतार बालन लोकनाटक (२०६९), नेपाली लोकगीतका सन्दर्भ (२०७०) र नेपाली लोकगीत (२०७०) लगायतका कृति प्रकाशन भइसकेका छन्।

हालसम्म झण्डै तीन दर्जन सम्मानबाट विभूषित भइसकेका न्यौपाने प्रतिभा पुरस्कार (२०६७), सिर्जनशील काजीरोशन साहित्यिक पुरस्कार (२०६७), अनेसास रतन झा स्मृति उत्कृष्ट पुरस्कार (ई.२०११), अनेसास हरिभक्त कटुवाल स्मृति सवोर्त्कृष्ट पुस्तक पुरस्कार (ई.२०१३), साझा लोकसाहित्य पुरस्कार (२०७०), अनेसास गगनसिंह विश्वकर्मा स्मृति सवोर्त्कृष्ट पुस्तक पुरस्कार (ई.२०१५), नेत्रशोभा स्मृति पुरस्कार (२०७४), देवकान्त पन्त लोकसाहित्य पुरस्कार (२०७५)लगायतका पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।

यसैगरी, साहित्यकार तीलक पौडेलले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरिएको तुलसीमुवा अहिल्या बाल प्रतिभा पुरस्कार प्रिय दर्शन पहारीलाई प्रदान गरिने भएको छ।

पहारी गीताञ्जलीको नियमित रचनावाचन कार्यक्रम सहभागी भई सिर्जना यात्रामा क्रियाशील रहँदै आएका बालप्रतिभा हुन्।

गीताञ्जली रत्न पुरस्कारको राशी ११ हजार नगदसहित रहेको छ भने बालप्रतिभा पुरस्कारको राशी एक हजार रूपैयाँ र सम्मानपत्र रहेको छ।

तारा पाखेको संयोजकत्वमा असफल गौतम, प्रतिभा शर्मा सदस्य तथा शिवप्रसाद गौतम र तीर्थराज अधिकारी सहजकर्ता रहेको प्रतिभा छनौट समितिले उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width