हेमजा, १ वैशाख। प्रहरी वरिष्ठ उपरीक्षक हरिराज वाग्लेले समुदायका व्यवहारिक कठिनाइ फुकाउन सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको भूमिका महत्वपूर्ण हुने औँल्याएका छन्।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाले आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै सो कुरामा जोड दिएका हुन्।
उनले समुदायका मानिसलाई बिनाबर्दीको प्रहरीको संज्ञा पनि दिए। अदालतले पनि कतिपय विवादित विषयको समाधान गर्न सामुदायिक सेवा केन्द्रलाई दिनुपर्ने उनको भनाइ छ।
आम्दानीको स्रोत नहुँदा सेवा केन्द्र संचालनमा अप्ठ्यारो पर्ने गरेको उनले जनाए।
त्यस अवसरमा जिल्ला सामुदायिक समन्वय समितिका नि. अध्यक्ष विष्णुबहादुर भट्टराई, हेमजा सेवा केन्द्रका कानूनी सल्लाहकार रामचन्द्र त्रिपाठी, विज्ञापनदाता जगतबहादुर थापा, कार्यक्रम संयोजक देवीप्रसाद अधिकारी लगायतले पनि धारणा राखेका थिए। सेवा केन्द्रका अध्यक्ष विष्णु बास्तोलाले सामुदायिक सेवा केन्द्र हेमजामा प्रहरी संख्या थप गर्न माग गरेकी थिइन्।
उनले हेमजा केन्द्र कास्कीकै कान्छो भए पनि उत्कृष्ट कार्य गर्दै गएको दावी पनि गरेकी छन्। सेवा केन्द्रका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष घनश्याम तिम्सिनाले स्वागत तथा संचालन सचिव दानबहादुर भुजेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९