फालेलुङमा चौँरी महोत्सव

रासस
वैशाख २, २०७६
yak-hero1

फिदिम, २ वैशाख । पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ ।

चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेको महोत्सवमा सयौँको सङ्ख्यामा चौँरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री आङ्बोले पर्यटन प्रवद्र्धनका लागि चौँरीपालनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

चौँरीपालनलाई पर्यटकको आकर्षणका रुपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पु¥याउने, चौँरी संस्कृतिको विकास गर्ने, चौँरीजन्य उत्पादनको प्रवद्र्धन गर्ने, लोपोन्मुख वन्यजन्तु तथा जडीबुटीको संरक्षण गर्ने, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुङ्गेलले वताए ।

गाउँपालिकाले गरेको अध्ययनअनुसार उक्त गाउँपालिकाभित्र पर्ने फालोट क्षेत्रमा २१ वटा चौँरी गोठमा ५०४ वटा चौँरी रहेका छन् । चौँरीपालनमा करीब १०० मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन् । महोत्सव आयोजना गरिएको स्थल समुद्र सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । महोत्सवमा चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण थियो । महोत्सवमा पूर्वी नेपालका जिल्लासहित छिमेकी मुलुक भारत, भुटान र चीनबाट समेत महोत्सव अवलोकन गर्नेको भीड लागेको थियो ।

चौँरीपालनलाई व्यवस्थित बनाई चौँरीपालकको आयआर्जनमा बढोत्तरी ल्याउन महोत्सवबाट प्रोत्साहित गर्ने गाउँपालिकाको योजना छ । यसका लागि गाउँपालिकाले चौँरीगोठ व्यवस्थित गर्ने कार्यक्रमलाई चालू आर्थिक वर्षबाट अघि बढाइसकेको गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताए । यसअघि यहाँका सुर्केथाम दुग्ध सहकारी तथा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन विकास समितिको आयोजनामा दुई पटक चौँरी महोत्सव सम्पन्न भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • मन्त्री थापाको १०० दिन

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कांग्रेस नेता विन्दुकुमार थापाले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । गत १६ जेठमा…
  • दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा

    प्रकाश ढकाल भाद्र २०, २०८१
    तीन तहको सरकार बनेपछि संघ सरकारले आफूमातहत कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटनपटन गर्न कर्मचारी समायोजन ऐन बनायो । प्रदेशमा…
  • संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक…
  • गण्डकी सरकारमा एमाले इन, मनाङे आउट

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । गण्डकी सरकारमा नेकपा (एमाले) प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई…
  • ‘निजी क्षेत्रको पीरमर्का सम्बोधन हुनेछ’

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले निजी क्षेत्रको पीरमर्का सम्बोधन गर्न प्रदेश सरकार तयार…

hero news full width