म्याग्दी, २ वैशाख स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र परेको छ ।
गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ ।
साझेदार निकायबीचको असमझदारी, अविश्वास र ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना)सँगको साझेदारीमा बेनपा–२ हाँडेभिरदेखि लभ्लीहिलसम्मको उकालोमा बनाउन लागेको पदमार्ग अलपत्र परेको हो ।
उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएपछि साझेदार निकायबीच अविश्वास पैदा भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्य उपभोक्ता समितिको अध्यक्ष रहेको यो पदमार्ग निर्माणको काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएको भन्दै नगरपालिका र मोनाले असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष कर्माचार्यले भने पदमार्गका मजदूर बेनी बजार संरक्षण आयोजनामा परिचालन भएकाले काम रोकिएको बताए । बजार संरक्षण योजनामा छोटो समयमा धेरै काम गर्नुपर्ने तर मजदूर नपाएकाले पदमार्गका मजदूरसमेत नदी नियन्त्रण योजनामा परिचालन गरिएको उनले बताए ।
नगरपालिकाले तीनवटै पक्षले कूल परिणामको कामको भुक्तानी समानुपातिक रुपमा गर्नुपर्ने अडान लिएपछि उद्योग वाणिज्य सङ्घ र मोनाले आर्थिक स्रोत जुटाउन नसक्दा पदमार्ग निर्माण रोकिएको हो । अध्यक्ष कर्माचार्यले भने सङ्घ र मोनाले समितिको खातामा जम्मा गर्नुपर्ने रकम व्यवस्थापन भइसकेको दाबी गरे । ६७७ मिटर पदमार्ग बनाउनुपर्नेमा हालसम्म ३५० मिटर मात्र बनेको बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले बताए ।
१.८ मिटर चौडाइ भएको दायाँबायाँ दुवैतर्फ रेलिङसहितको पदमार्ग निर्माणमा ७६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९