‘मान्छेको जात मान्छे नै हो’ को लोकार्पण

आदर्श समाज संवाददाता
वैशाख १, २०७६
DSC00080

पोखरा, १ वैसाख । कवि तथा गीतकार विश्वराज रसाइलीले रचना गरेको सामाजिक सन्देशमूलक गीत ‘मान्छेको जात मान्छे नै हो’ बोलको म्युजिक भिडियोको लोकार्पण गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले म्युजिक भिडियोको लोकार्पण गरेकी हुन् । मानवताको लागि मानवता (मामा) नेपाल नामक संस्थाले म्युजिक भिडियोलाई बजारमा ल्याएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले म्युजिक भिडियोले सामाजिक रुपान्तरणमा मद्दत पुग्ने औंल्याइन् । सकारात्मक चिन्तनको विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पुनले म्युजिक भिडियोले समाज परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।

‘बोक्सी हुँदैन’ नामको सचेनात्मक टेली सिरियल प्रदर्शन गर्ने सोंचमा प्रदेश सरकार रहेको जनाइन् । दाइजो प्रथाविरुद्धको टेली सिरियलसमेत प्रदेश मन्त्रालयले प्रदर्शन गर्ने सोंचमा रहेको मन्त्री पुनको भनाई थियो ।

‘हिंजोदेखि समाजमा जरा गाड्दै आएको संस्कार एकैपटकमा हराउँदैन,’ मन्त्री पुनले भनिन्, ‘कुसंस्कृति र विभेद हटाउन मुख्य चार कुराको आवश्यकता पर्छ । त्यसमा राज्यले अगुवाई गर्नुपर्छ र नागरिकहरुले सहयोग पु¥याउनु पर्छ । चेतनामूलक अभियान संचालन गर्नुपर्छ । हरेक व्यक्तिहरुमा शिक्षा र चेतना हुनुपर्छ । आर्थिक शसक्तिकरण हुनुपर्छ । नीति निर्माणमा उपेक्षित वर्गहरुको सहभागिताको संख्यामा बढोत्तरी हुनुपर्छ ।’

गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले दलित तथा उत्पीडित आन्दोलनले सोंचेजति अधिकार प्राप्त गर्न नसकेको औंल्याए । राजनीतिक आन्दोलनसँगै दलित आन्दोलनलाई जोड्न नसक्दा दलित तथा उत्पीडितहरुले उपलब्ध हासिल गर्न नसकेको नेपालीको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजमा जातीय विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए । नेपालीले सवै नागरिकहरुले समान अधिकार पाउन समतामूलक समाजको निर्माणमा जोड दिए ।

संचारकर्मी आरजु बिष्ट ‘सल्यानी’ले म्युुजिक भिडियोको समीक्षा गरेको कार्यक्रममा गीतका रचनाकार विश्वराज रसाइली, प्रगतिशील गायक पदमराज ढकाल, संचारकर्मी शान्ति राणा, सुगम संगीत गायक रामभक्त जोजिजू, ग्लोबल कलेजियटका प्राचार्य बाबुराम पन्तलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष मोतीराम वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक अमर विश्वकर्माले स्वागत, कार्यक्रम संयोजक ज्योति घिमिरे ‘ज्योति’ले धन्यवाद ज्ञापन र संचारकर्मी शुशिल नेपालीले संचालन गरेका थिए ।

करिव ५० भन्दा बढि कलाकारहरुको अभिनय रहेको म्युजिक भिडियो ‘मान्छेको जात मान्छे नै हो’ मा विनोद रसाइलीले संगीत तथा एरेञ्ज, रामभक्त जोजिजू, बी.बी. अनुरागी, सुवास परियार, इतु जोजिजू, सबिना सुनाम, कौशल्या गुरुङ र संगीता श्रेष्ठले स्वर भरेका छन् । मनिषा रानाको कोरस तथा विजयता भोछिभोयाको श्रृंगार रहेको उक्त म्युजिक भिडियो यादवदास भोछिभोयाले छायाङ्कन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width