पाेखरा, १ वैशाख । राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप शनिवार पोखरामा र्याली निकालिएको छ ।
पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब (बास) को संयुक्त आयोजनामा र्याली निकालिएको हो । नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ ।
पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हुँदै सभागृहचोकसम्म पुगेको र्यालीमा सहभागीले हातमा राष्ट्रिय झन्डा बोकेर यसको सम्मान गरिनुपर्ने बताए । उनीहरुले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र सद्भावको प्रतीक झन्डाको सम्मान गर्नु प्रत्येक नेपालीको दायित्व भएको बताए ।
पछिल्लो समय राष्ट्र र राष्ट्रियताप्रति कयौँ बहस तथा छलफल गरिए पनि सारमा त्यसप्रतिको चिन्ता सदैव सरोकारको विषय भएको युवा पत्रकार सञ्जाल पोखराका अध्यक्ष भीम थापाले बताए ।
Related News
सम्बन्धित समाचार
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
शिक्षकलाई कम्प्युटर तालिम
पानी परे पनि रोकिएन घरदैलो
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९