पोखरा–२८, ठूलाकोट कालभैरव र चण्डीदेवी पूजा एवं वैदिक सनातन धर्मबारे शनिबार आयोजित प्रवचन कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर। तस्वीर : कविराज खनाल/आदर्श समाज
लेखनाथ, ३० चैत। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले देश र देशवासीको कल्याण चाहने व्यक्ति नै महापुरुष भएको बताएका छन्। साथै उनले अधर्मविरुद्ध लडार्इं लड्नु नै धर्म हो भने।
रामनवमी पर्वको अवसरमा पोखरा–२८, कालिकास्थित ऐतिहासिक धार्मिकस्थल ठूलाकोटमा कालभैरव र चण्डीदेवी पूजा एवं वैदिक सनातन धर्मबारे प्रवचन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुँवरले सो कुरा बताएका हुन्।
पैसा र भौतिक सुविधाले मात्र खुसी नमिल्ने बताउँदै कुवरले अरुलाई आफ्नो कारणले कति खुसी मिल्यो वा दिन सकियो भन्ने कुरामा पनि ध्यान दिनुपर्नेमा जोड दिए। धार्मिक र पर्यटकीय क्षेत्रका हिसाबले चर्चा पाए पनि प्रचारप्रसार अभावले ठूलाखेतजस्ता धार्मिक र पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्याप्त पूर्वाधार अभावमा आन्तरिक तथा बाह्य पर्यटक आउन नसकिरहेको अवस्थामा सबैको साथ र सहयोगले सो क्षेत्रको विकासमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले बाइसेचौबीसे राजाको पालादेखि नै चर्चामा रहेको ठूलाकोटबाट प्राकृतिक हिमश्रृंखला, पोखराको रमणीय दृश्यावलोकन र एकै ठाउँबाट कास्कीका सबै तालहरु देख्न सकिने भएकाले सो क्षेत्रलाई धार्मिक साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक बयानबहादुर क्षत्रीले स्थानीयस्तरबाट डीपीआर तयार गरेर आउन सुझाव दिँदै आफ्नोतर्फबाट सक्दो पहल गर्ने बताए। वडा २८ का अध्यक्ष निर्मल दीयालीले धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण कोट ठूलाकोट एवं कालभैरव र चण्डीदेवीको विकास गर्नु सबैको कत्र्तब्य भएको बताए। उनले स्थानीयवासी, स्थानीय निकाय र प्रदेश सरकारसँग सहकार्य गर्दै गुरुयोजनाका साथ भौतिक पूर्वाधार निर्माण गरी अघि बढ्ने वडाको योजना रहेको जानकारी दिए।
अर्घौ ठूलाकोट कालभैरव मन्दिरका पुजारी वसन्तनाथ योगीले मन्दिरको धार्मिक महिमा महत्वपूर्ण भए पनि स्थानीयले ध्यान पुर्याउन नसकेको बताए। उनले आफ्नो पुर्खाले राणाकालमा पूजा गरी संरक्षण गर्नको लागि लालमोहर पाएको र त्यसयता निरन्तर रुपमा कालभैरवको पूजा गर्दै आएको जानकारी दिए।
कार्यक्रममा नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, मन्दिरको ऐतीहासिक पृष्ठभूमि विषयमा तिलकशाली अधिकारी, वेद अनुयायी प्रतिष्ठान कास्कीका ऋषिराम त्रिपाठी, स्थानीय विष्णुप्रसाद पौडेल लगायतले राजा कुलमण्डल शाहको पालादेखि नै सो क्षेत्रमा ८३ वटा मठ मन्दिर र विभिन्न ताल तलैया रहे पनि उचित संरक्षण एवं ठोसरुपमा काम हुन नसक्दा ओझेलमा परेकोले कार्यदिशा बनाएर अगाडि बढ्नुपर्ने औंल्याए।
कार्यक्रममा वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले र सल्लाहकार काशीनाथ न्यौपानेले वैदिक सनातन धर्मसम्बन्धी प्रवचन दिएका थिए। कार्यक्रम सञ्चालन सूर्यबहादुरी जिसी र डाल्डादेवी भुजेलले गरेका थिए।
कार्यक्रम अघि स्थानीय आमा समूह, विभिन्न संघसंस्थाका प्रतिनिधिले बाजागाजा, भजनकीर्तन र झाँकीसहित र्याली निकालेका थिए।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९