रिभान ग्रामीण सडकको उद्घाटन गर्दै सांसद रामजी बराल। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, ३० चैत। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ स्थित रिभान ग्रामीण सडक शनिवार उद्घाटन गरिएको छ।
सडक उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले पुरानो रिभान गाउँ पुनःस्र्थापना गर्नुपर्नेमा जोड दिए। उनले रिभान गाउँको ऐतिहासिक महत्व रहेको चर्चा पनि गरे। साथै उनले ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्न जरुरी भएको औँल्याउँदै अबको समृद्घि उत्पादनसँग जोडिनुपर्ने तर्क गरे।
सदस्य बरालले इमान गुरुङले कृषि क्षेत्रमा देखाएको त्याग अनि समर्पणबाट सबै नेपालीले पाठ सिक्नुपर्ने भन्दै पुरानो रिभान क्षेत्रमा कृषि फार्म संचालन गर्न सुझाव दिए।
मर्दी करिडोर, थुम्का सिंचाइ, खहरेखोला पुल निर्माणमा आफूले विशेष चासो राखेको उनको भनाइ थियो। विभिन्न बहानामा सहर झरेकालाई आफ्नै गाउँ रिभानमा फर्कन आग्रह गर्दै सदस्य बरालले रिभानलाई बिरानो नबनाउन सुझाव पनि दिए।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले ग्रामीण विकासको मूल आधार सडक सञ्जाल भएको संकेत गर्दै रिभान ग्रामीण सडक स्तरोन्नति गरी बाहै्र महिना संचालन गर्न मिल्ने बनाउन गाउँपालिका तयार रहेको प्रतिबद्घता जनाए। उनले रिभानको ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह गर्दै रिभानमा कृषि र पर्यटनको प्रचूर सम्भावना भएको तर्क गरे।
निर्माण समिति सल्लाहकार यम गुरुङले सबै सरोकारवालाको सहयोगबाट बाटो निर्माण सम्पन्न गरिएको भन्दै रिभानमा होमस्टे संचालनमा स्थानीयले चासो दिनुपर्ने बताए। विकास निर्माणको हिसाबले रिभान गाउँपालिकाकै उपेक्षित वडा बन्न पुगेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङसँग उनले गुनासो पोखे।
कार्यक्रमबीच थाइला सब्दार देवानसिं गुरुङ कोष र इमानबहादुर गुरुङलाई तामापत्रसहित प्रदान गरियो भने २५ हजार बढी सहयोग गरेका दातालाई सम्मानपत्र प्रदान गरी सम्मान गरियो।
२०७२ सालमा ट्रयाक खोलिएको उक्त सडक पातीखोलादेखि रिभान हुँदै पुरानो रिभानसम्म पुगेर टुङ्गिएको छ। जसको लम्बाइ करिब ७ किलोमिटर छ।
बाटो निर्माण समिति अध्यक्ष चिजबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्लाहकार यम गुरुङले स्वागत तथा संचालन निर्माण समिति सचिव दीपक गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९