पोखरा, ३० चैत। फेसन स्कूल पोखराले एकवर्षे फेसन डिजाइन कोर्ष पूरा गरेका १६ जनालाई पोखरामा शुक्रबार दीक्षित गरेको छ। दीक्षान्त समारोह गरी स्कूलले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो।
प्रमुख अतिथि पोखरा महानगरपालिका पुम्दीभुम्दीमा सिलाइकटाइ पेसा गर्दै आएकी महिला पवित्रा परियार, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल र स्कूल संचालक रविन गुरुङले प्रशिक्षार्थीलाई दीक्षित गरेका थिए।
कार्यक्रममा प्रशिक्षार्थीले विभिन्न फेसन डिजाइन गरी बनाइएका पोशाकहरु प्रदर्शन गरेका थिए।
प्रशिक्षार्थीलाई फेसन स्कूल पोखराकी प्रमुख प्रशिक्षक तारा गुरुङले फेसन डिजाइनसम्बन्धी ज्ञान र सीप दिएकी छन्।
पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चीनु गुरुङले फेसनले व्यक्तित्वका लागि ठूलो भूमिका खेल्ने बताइन्।
थ्री सिष्टर एड्भेञ्चर प्रालिका प्रमुख लक्की कार्की क्षेत्रीले पछिल्लो समयमा फेसनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरिन्।
बुटिक एशोसिएसनन नेपाल अध्यक्ष शुष्मा थापा पाण्डेले फेसन डिजाइन व्यावसायिक रुपमा विकास भई रहेको बताइन्।
फेसन स्कूल पोखराका संचालक रविन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम माछापुच्छे« एफएमकी स्टेशन म्यानेजर रेनु क्षेत्रीले संचालन गरेकी थिइन्।
फेसन स्कूलले पोखरासहित बागलुङ, धरान, विराटनगर र काठमाडौंमा फेसन डिजाइन कोर्ष संचालन गर्दै आएको छ। स्कूलले छिट्टै पोखरा फेसन विक र फेसन अवार्ड नेपाल समेत आयोजना गर्दैछ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९