भित्तेपात्रो विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७५
57313565_2314543595483518_3618468809683238912_n

पोखरा, ३० चैत । तारकाङ– पोखरा सम्पर्क समाजले शनिवार नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रोको एक कार्यक्रमवीच विमोचन गरेको छ ।

नेपाल सरकार खानी तथा भूगर्व विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले भित्ते पात्रो विमोचन गरेका हुन । आफ्नै गाउँबाट प्रकाशनमा ल्याइएको भित्तेपात्रो विमोचन गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी माछापुच्छ«े गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशेष अतिथि नारायण सापकोटाले आफ्नो आदि उमेर सरकारी सेवामा वाहिरी जिल्लामा विताएर हालै सरुवाभई आफ्नै जिल्ला कास्कीमा सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा आफ्नो गाउँको विकासमा सहयोग पु¥याउने प्रतिवद्वता व्यक्त गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा मादी गाउँपालिका वडा नं ४ का अध्यक्ष सत्यराज सापकोटा, धु्रव माविका अध्यक्ष बुद्धिसागर सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, माछापुच्छ«े बैंक गण्डकी प्रदेशका इन्चार्ज जय सापकोटा, रविकान्त सापकोटा, दाँमोदर सापकोटा, यमनाथ सापकोटा, विश्वराज सापकोटा, शिवराज सापकोटा, पुरुषोत्तम सापकोटा, दिनेश सापकोटा, गुरुप्रसाद सापकोटा, खिनमाया सापकोटा लगायले नयाँ बर्षको शुभकामना मन्तब्य राखेका थिए ।

उक्त अवसरमा समाजलाई विभिन्न तवरवाट सहयोग गरेवापत शिक्षासेवी, समाजसेवी, धार्मिक व्यक्तित्व वृहस्पति सापकोटालाई सम्मान गरिएको थियो । समजका अध्यक्ष वलराम सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष गौरीदेवी सापकोटाले स्वागत तथा सचिव नेत्र तिमिल्सेना संचालन र भित्ते पात्रो प्रकाशन समितिका संयोजक सरद सापकोटाले भित्ते पात्रोको वारेमा आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width