पोखरा, २९ चैत । पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको उद्देश्यसहित महोत्सव संचालन गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए । महोत्सव आइतबारसम्म चल्ने छ ।
सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई महोत्सव नै महोत्सवको शहर बनाउँदै बढी भन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताए । प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उनको भनाई थियो । जीवनमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण यहाँ बनाउन जरुरी छ– उनले भने ।
गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको पनि उनले सो अवसरमा स्मरण गराए । पोखरामा एक हजार भन्दा बढी जना अट्न सक्ने ठूलो क्षमताको सभाकक्ष आबश्यकता भएको भन्दै उनले पोखरा क्षेत्रमा धेरै शैया भएको ठूलो अस्पतालको समेत जरुरत परेको भनाई राखे ।
लेखनाथको पचभैयामा चिडियाखाना निर्माण, पोखरामा दुई आधुनिक बसपार्कको विकास, दुई बर्ष भित्रमा पोखरा–कोरला मार्ग कालोपत्रे गर्ने र प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको निर्माण गर्ने जस्ता शोच र कामहरु समेत प्रदेश सरकारले अगाडि बढाउन लागेको सो अवसरमा मुख्यमन्त्रीले सुनाए । फेवा तालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले दुई बर्ष भित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने र त्यसले प्रदेशको समृद्धिमा बल पुर्याउने भनाई राखे ।
गण्डकी प्रदेशका सभासद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको स्मरण गराउँदै लेकसाइडलाई २४ घण्टा नै खुलाउने विषयमा छलफल आबश्यक रहेको भनाई राखे । लेकसाइड मात्र पर्यटकीय क्षेत्र होइन भन्दै उनले समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको भनाई राखे ।
सो अवसरमा पोखरा महानगर वडा नम्बर छ का अध्यक्ष जगतबहादुर पहारी, प्रगतिशिल आमा समूहकी अध्यक्ष विष्णु केसी र नेपाल पत्रकार समहासंघ कास्कीका सभापति दिपेन्द्र श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रमका अवसरमा होटल संघद्वारा प्रकाशित टेवल क्यालेण्डर विमोचन गरिएको थियो । संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक लक्ष्मण सुबेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
उद्घाटनका अवसरमा आयोजित झाँकी प्रतियोगितामा कूल ३६ समूहले प्रतिस्पर्धा गरेका थिए । महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ । नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन् । सेफ एशोसिएशन सँग मिलेर महोत्सवमा विविध नेपाली खानाको विक्री र प्रदर्शनी पनि राखिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०