हेमजा, २७ चैत। पोखरा–२५, हेमजास्थित गुडलक मन्टेसरी होम प्रि स्कूलले बुधवार एक कार्यक्रमबीच विद्यार्थीलाई दीक्षित गरेको छ।
विद्यालयले कक्षा १ का ७ जना तथा युकेजीका १२ गरी कुल १९ जना विद्यार्थीलाई एक समारोहबीच दीक्षित गरेको हो। त्यस अवसरमा पुरस्कार वितरण समेत गरियो।
मन्टेसरीका संचालक एवम् प्रधानाध्यापक बसन्त न्यौपानेले आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय तयार रहेको जनाए। उनले आगामी शैक्षिक सत्रदेखि विद्यालयलाई थप व्यवस्थित गरिने प्रतिबद्घता व्यक्त गरे।
उनले बालबालिकाको उज्ववल भविष्यका लागि विद्यालय र अभिभावक दुवै सचेत हुनुपर्ने आवश्यकता पनि औँल्याएका थिए। अभिभावक दयाराम अधिकारीले हेमजामा पहिलो पटक मन्टेसरी स्थापना गरी शिक्षा दिएकोमा विद्यालयप्रति आभार प्रकट गर्दै विद्यालय कक्षा ३ सम्म संचालन गर्नुपनेर्मा जोड दिए। उनले विद्यालयका सकारात्मक क्रियाकलापमा सबैले सहयोग गर्नुपर्ने बताउँदै बालबालिकालाई विद्यालयमा मात्रै निगरानी नगरी घरमा पनि राम्रो वातावरण दिनुपर्ने जनाएका थिए।
कार्यक्रम प्रधानाध्यापक बसन्त न्यौपानेको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०